भारतीय पत्रको जिवाफ दिदै दार्चुला प्रशासनले लेख्यो – नेपालको भूमिमा नेपालीलाई बाधा नगर्नू

काठमाण्डाै – दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको भनेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि मंगलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । ‘भारतले पत्रमार्फत दाबी गरेको भूमि नेपालको भएकाले नेपालीलाई बाधा, अड्चन नगर्न भन्दै पत्र पठाइएको हो’ उहाँले भन्नुभयो ।

पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।

यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो । पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ ।

मिडियाको ध्यानाकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’

भारतको यो पत्रको जवाफमा दार्चुला प्रशासनले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएको स्मरण गराएको हो ।

भर्खरै प्रकाशित

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार…

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ। चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…