अमेरिकाबाट सेनाका लागि नयाँ हतियार, पुराना सशस्त्रलाई दिइने

नेपाली सेनाले अमेरिकाबाट नयाँ ह’तियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ ह’तियार किन्न नपाउने उल्लेख छ ।

०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै ह’तियार पनि माओवादीले लुट्न छाडेनन् ।

अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हतियारसहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो ।

सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र ह’तियार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो । पुराना र प्रयोगमा आइसकेका हतियार मर्मत गरेर मध्य भदौबाट दिने प्रक्रिया शुरु भएको छ ।

सेनाले आफ्नालागि भने अमेरिकाबाट नयाँ हतियार ल्याउने तयारी थालेको छ । सेनासँग हाल १८ हजार बढी इन्सास राइफल छ । र, ०७४ सालदेखि नै नयाँ हतियार किनेको छैन । सेनाले चार वर्षदेखि नयाँ दरबन्दी पनि थपेको छैन । ९७ हजारको सीमाभित्र रिक्त पदमा मात्रै भर्ना लिने गरेको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…