अमेरिकालाई टक्कर दिने चीनको अत्याधुनिक जहाजको सफल परीक्षण, पानी र हावा दुवैमा चल्ने

काठमाडौं। चीनले आइतबार आफ्नो पहिलो एम्फिबियस विमान एजी ६००को समुद्रमा सफल परीक्षण गरेको छ । यो विमान समुद्र र जमिन दुवैमा टेकअफ र ल्याण्ड गर्न सक्छ । अर्थात यो पानीजहाज र हवाइजहाज दुवै हो ।

यसलाई चीनको एभिएसन इण्डष्ट्री कर्प अफ चाइना (एभीआइसी)ले बनाएको हो । परीक्षण उडान चीनको शेनडोंग प्रान्तको क्विंगदाओबाट दक्षिणी चीन सागरमा गरिएको थियो ।

चीनमै बनेको यो मालवाहक जहाजको उपयोग, राहत, उद्धार र सामान पुर्याउनको लागि गरिनेछ । यो विमानले क्विंगदाओ नजिकै समुद्रबाट टेकअफ गरेर शेनडोंग प्रान्तको रिझाओ विमानस्थलमा अवतरण गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार यसलाई बनाउने कम्पनी एभीआइसीले यो विश्वका उत्कृष्ट एम्फिबियस विमानमध्येको एक भएको दावी गरेको छ । यसको पहिलो जमिनी उडान र ल्याण्डिङ डिसेम्बर २०१७ मा चीनको गुआंगदोंग प्रान्तमा सफलतापूर्वक गरिएको थियो ।

कम्पनीका अनुसार यो समुद्रको नुनीलो पानी र चर्को तापक्रमलाई ध्यानमा राखेर बनाइएको हो । यो तीब्र छाल आइरहेको अवस्थामा पनि समुद्रमा टेकअफ र ल्याण्ड गर्न सक्छ ।

यो विमानको सहयोगमा समुद्रमा रहेका चिनियाँ युद्धपोतहरु, नागरिक जहाजहरु र तेल ट्यांकरहरुलाई सामान पुर्याउन सकिनेछ । आकस्मिक अवस्थामा राहत र उद्धारमा पनि यसको उपयोग गर्न सकिनेछ ।

भर्खरै प्रकाशित

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको…

यो हो करोडौँमा तस्करी हुने संसारकै विषालु भ्यागुतो

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन्…

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…