अन्तरिक्षमा युद्ध गर्ने तयारीमा शक्तिराष्ट्रहरू, रुसले गोप्य रुपमा परिक्षण गरेको आरोप

रुसले अन्तरिक्षमा ह’तियार जस्तो प्रोजेक्टाइल परीक्षण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले यो ‘इन अर्बिट एन्टी स्याटेलाइट’ हतियार भएको बताउँदै यो चिन्ताजनक रहेको बताएको छ ।

रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा उपकरणको परीक्षणका लागि नयाँ प्रविधि उपयोग गरिएको जनाएको छ । आफ्नो परीक्षणलाई अमेरिका र बेलायतले तोडमोड गरेर प्रस्तुत गरेको र उपकरण कुनै हतियार नभएको रुसको भनाइ छ ।

अमेरिकाले यसअघि पनि अन्तरिक्षमा रुसका भूउपग्रहले गरेको गतिविधिका विषयमा प्रश्न उठाइसकेको छ । बेलायतले चाहिँ पहिलोपटक प्रश्न उठाएको हो ।

अमेरिकाको इन्टरनेसनल सेक्युरिटी यान्ड ननप्रोलिफरेसनका उपसचिव क्रिस्टोफर फोर्डले भने, ‘यस्ता किसिमका कार्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगका लागि जोखिमपूर्ण छन् । यसबाट अन्तरिक्षमा फोहर जम्मा हुने खतरा रहन्छ । भूउपग्रह र अन्तरिक्ष प्रणालीमा निर्भर विश्वका लागि यो ख’तरा’को घण्टी हो ।’

अमेरिकाको स्पेस कमान्डका प्रमुख जनरल जे रेमन्डले अन्तरिक्षमा रुसले एन्टी स्याटेलाइट ह’तियार परीक्षण गरेको प्रमाण रहेको बताए ।

संसारका चार देश रुस। अमेरिका, चीन र भारतले मात्र अहिलेसम्म एन्टी स्याटेलाइट क्षे’प्यास्त्र प्रविधि बनाउन सकेका छन् ।

विज्ञान मामिलाका विज्ञ पल्लव बागला भन्छन्, ‘देशहरू भूउपग्रहमा निर्भर हुन थालेका छन् । देशहरूको अर्थतन्त्र भूउपग्रहसँग जोडिएको छ । कुनै देशले अर्को देशलाई हानि पुर्‍याउन खोजेमा स्याटेलाइट नष्ट गरिदिने काम गर्न थालेका छन् ।’

रुसको कदमका विषयमा बागला भन्छन्, ‘अमेरिकासँग पूरा स्पेस कमान्ड छ । वायुसेना, स्थलसेना, जलसेना जस्तै उसले अन्तरिक्ष सेना पनि बनाउने तयारी गरेको छ । उसलाई टक्कर दिन रुस पनि केही न केही त अवश्य गर्छ ।’

स्याटेलाइट खसाउने क्षमता भएका देशमध्ये कसैले पनि प्रतिस्पर्धी मुलुकको भूउपग्रहमा आ’क्र’मण भने गरेका छैनन् । यसको उपयोग अहिलेसम्म शक्तिप्रदर्शनमा सीमित छ ।

तर भविष्यमा पनि यसको उपयोग गरिने छैन भन्ने ग्यारेन्टी यसले दिँदैन ।

वैज्ञानिक गौहर राजाका अनुसार, कुनै पनि प्रविधिको उपयोग शान्ति र यु’द्ध दुवैमा हुन सक्छ ।

उनी भन्छन्, ‘अन्तरिक्षको भूमिका महत्त्वपूर्ण हुन गइरहेको छ । विमान बनेपछि त्यसलाई पहिलो र दोस्रो वि’श्वयु’द्धमा उपयोग गरियो ।’

उनी थप्छन्, ‘अब हुने यु’द्धह’रूमा अन्तरिक्षको भूमिका निकै ठूलो हुन्छ किनकि यसको सहायताले अर्को देशलाई पंगु बनाउन सकिन्छ ।’

बीबीसी हिन्दीबाट

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…