पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १, प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा मुलुकभर ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने…

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…