सरकारले गरेका काम नदेख्ने समाजलाई मोतियाबिन्दु लागेको छ : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि ‘सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको’ रूपमा अर्थ्याएका छन् ।

वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार मन्त्री ढकालले भने, ‘हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन् । देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ ।’

नेपाल संस्कार र संस्कृतिको धनी भए पनि समाजले भने सकारात्मक पक्ष नदेख्ने गरेको मन्त्री ढकालको भनाई थियो । सरकार र चिकित्सकहरूले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहे पनि त्यसलाई नदेखेको उनको भनाइ थियो ।

‘यो लडाइमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर उपचारको व्यवस्था गरेका छौं,’ उनले भने ।

विश्वका शक्ति सम्पन्न राष्ट्रहरूको भन्दा पनि राम्रोसँग कोरोना भाइरसविरुद्ध नेपाल सरकारले लडेको मन्त्री ढकालको भनाइ थियो । ‘कोभिड- १९ बाट मृत्यु हुनेको प्रतिशत विश्वमा कति छ ? हामीले २ प्रतिशतभन्दा माथि चढ्न दिएका छैनौं । यो एकदमै सकारात्मक पक्ष हो,’ मन्त्री ढकालको भनाइ थियो, ‘हामीले राज्यको तर्फबाट पहल गरेका छौं । ७० प्रतिशत बढी संक्रमित घर फर्किएका छन् । हामीले देख्न सकेका छैनौं ।’

कोरोनाविरुद्ध सरकार अभावहरूका बीचमा पनि सही ढंगले लडेको उनको भनाइ थियो । तर, सरकारका आलोचकहरूले भने आलोचनामात्रै गरिरहेको बताए । उनले हिम्मत भएकाहरूलाई कमजोर बनाउन कोरोनाको माध्यमबाट नियतसहित लागेर बदनाम गराएको आरोप लगाए । ‘सुरुमा नेपालमा कोभिड किन आएन भनियो ।

आएपछि अन्त त फटाफट मरिरहेका छन् नेपालमा किन कोही मरेन भनियो । जब तीनवटै कुरा भयो अनि सरकारको अयोग्यता र असफलता हो भनियो,’ ढकालको गुनासो थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै प्रश्न उठिरहेको छ । ओम्नीले किनेका सामग्रीमा संसदको लेखा समिति र अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै, पछिल्लो समय स्वास्थ्य मन्त्रालयले नै दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने घोषणा गरेको थियो । तर, दैनिक ३ देखि ४ हजार व्यक्तिमा मात्रै पीसीआर परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको घोषणाअनुसार पीसीआर परीक्षण गर्न र खर्च पारदर्शी गराउन भन्दै सडकदेखि संसदसम्म आवाज उठेको थियो । जसको जवाफमा मन्त्री ढकालले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै प्रतिक्रिया दिएको बुझिएको छ ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…