यस कारण दोस्रो कार्यकाल पनि डोनाल्ड ट्रम्पलेनै जितेको हेर्न चाहेको छ चीन

बेइजिङ । चीनले दोस्रो कार्यकालका लागि पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलेनै जितेको हेर्न चाहेको छ । यसले बेइजिङलाई उसको अन्तर्राष्ट्रिय महत्वाकांक्षा पुरा गर्नका लागि सहयोग गर्ने विश्लेषकहरले बताएका छन् ।

“स्पष्ट रुपमा भन्नुपर्दां बेइजिङले ट्रम्प प्रशासनको निरन्तरतालाई प्राथमिकतामा राखेको छ,” परामर्शदातृ संस्था स्ट्राटफोरको रणनीतिक विश्लेषणका वरिष्ठ उपाध्यक्ष रोडजर बेकरले बताए ।

“यसको कारणमा ट्रम्प प्रशासनको क्रियाकलाप र उक्त प्रशासनप्रतिको अन्तर्राष्ट्रिय बुझाई, अमेरिकाभित्र जे देखिएको छ र धु्रविकरण भइरहेको छ, यसले बेइजिङलाई लाभनै भइरहेको छ,” बेकरले बताए ।

वास्तवमै बेइजिङ उसलाई अवरोध गर्ने केन्द्रीकृत अमेरिकी नीति र समन्वयात्मक अन्तर्राष्ट्रिय नीतिप्रति त्रसित रहदै आएको उनले थपे ।
पछिल्ला वर्षहरुमा अमेरिका–चीनबीचको सम्बन्धमा व्यापक अवरोध आएको छ । दुई पक्ष विभिन्न विषयमा विवादित भएपछि यो अवस्था आएको हो । विवादको यो श्रृंखला गत साताको दुवै मुलुकका कन्सुलेट बन्द गराउनेमा समेत पुगेको थियो ।

गत साता अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले बेइजिङले विश्व कब्जा गरेको लामो समयसम्म सहन नसक्ने बताएका थिए । उनले आफ्ना मित्र राष्ट्रहरुलाई चीनलाई फेरिने अवस्थाको सिर्जना गर्नका लागि समेत प्रेरित गरेका थिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग विभेद राख्ने गतिशिल र स्वतन्त्राप्रेमी चिनियाँ नागरिकहरुलाई सशक्तिकरणमा लाग्नका लागि समेत आग्रह गरेका छन् ।

भर्खरै प्रकाशित

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…

भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ,…

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म…

अर्नब गोस्वामीको गोप्य च्याट लिकः पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे पूर्व जानकारी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।…