चरणबद्ध रूपमा खुकुलो बन्दै कतार, यस्ता छन् मापदण्ड पूरा गरेर खोल्न पाइने क्षेत्रहरु

तिलु शर्मा पौडेल

दोहा कतार । कोरोना भाइरसका कारण कतारका विभिन्न क्षेत्रमा लागेका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने कतार सरकारको योजना अन्तर्गत तेस्रो चरणमार्फत थप केही क्षेत्रका प्रतिबन्ध आजबाट खुकुलो बनेका छन् ।

विभिन्न चरणमा प्रतिबन्ध खुकुलो बनाउने क्रममा आजबाट प्राथमिकतामा परेका नागरिक तथा आप्रवासी कामदारहरू कतार प्रवेश गर्न पाउने भएका छन् ।

कतारमा बन्द रहेका सम्पूर्ण सपिङ सेन्टरहरू पचास प्रतिशत खोल्न पाइने भएको छ । होलसेल मार्केटहरू तिस प्रतिशत र २ मिटरको दुरीमा टेबल राखेर होटलहरु खुल्ने भएका छन् ।

लामो समयदेखि बन्द रहेका ड्राइभिङ स्कुलहरू, चायल्ड केयर सेन्टर र नर्सरी क्लासहरू, आंशिक रूपमा सैलुनहरू, जिमहरू, स्विमिङ पुल, र ब्युटी पार्लर खोल्न पाइने भएको छ भने १० जना सम्म पार्कमा बस्न या भेला गर्न पाइने भएको छ ।

सीमित कामदारलाई मात्र काममा लगाउन पाइने क्षेत्रहरूमा ८० प्रतिशतसम्म कामदारलाई काम गर्न अनुमति दिइएको जानकारी सरुवा रोग तथा नियन्त्रण विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कोरोनाको महामारीसँगै बन्द रहेका करिब २०० मस्जिदहरू शुक्रबारको प्रार्थनाको लागि खुल्ला गरिने भएको छ ।

यसअघि पहिलो चरण अन्तर्गत १५ जुनबाट प्रार्थनाको निम्ति कतारका निश्चित मस्जिदहरू, सीमित पार्कहरू, केही जिमहरू र निजी डुङ्गाहरू सञ्चालनमा आएका थिए ।

दोस्रो चरण अन्तर्गत जुलाई १ देखि चरणबद्ध रूपमा १० जनासम्म जमघट तथा भेला हुन पाइने, केही रेस्टुरेन्ट र सबै पार्कहरू, सी लाइन बीचहरू, कोर्नेस र निजी पानी जहाज परिवारको लागि खुल्ला गरिएको थियो ।

यद्यपि खुकुलो पारिएका सबै क्षेत्रमा सामाजिक दुरीसहित स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको अनिवार्य पालना गर्नु पर्नेछ । जनसङ्ख्याको आधारमा कतार कोरोनाको धेरै परीक्षण गर्न देश मध्येमा पर्दछ ।

भर्खरै प्रकाशित

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…

भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ,…

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म…

अर्नब गोस्वामीको गोप्य च्याट लिकः पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे पूर्व जानकारी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।…