कालापानी-लिम्पियाधुरामा नेपाली नागरिकलाई प्रवेश रोक्न भन्दै भारतले पठायो पत्र

भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ। सीमावर्ती धारचुला जिल्ला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको हो।

‘विभिन्न नेपाली समूह गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ’ यस्तो कुनै सूचना आए जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो।

भारतले नेपाली भूमि प्रयोग गरेर मानसरोवर वाने बाटो बनाएपछि दुई देशबीच सीमा विवाद चर्किएको हो। त्यसपछि नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…