दुर्गेश थापा अन्तर्वार्ताको कारण ट्रोल भएपछि आस्थाको व्यंग्य : के दर्शकलाई यस्तै चटक मन पर्छ ?

काठमाडौँ : गायक दुर्गेश थापा एक अन्तर्वार्ताको कारण ट्रोल बनेका छन् ।

प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले सूर–ताल बिगारेरै गाएका गीत सुनेपछि सामाजिक सञ्जालमा धेरैले उनको खिल्ली उडाए । यतिसम्म कि, थापाले नारायण गोपालको गीत भनेर भक्तराजको गीत बिगारेरै गाइदिएका थिए । त्यस्तै रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए ।

गीतसंगीत बुझ्ने थुप्रै दर्शकले समग्रमा उनको अन्तर्वार्तामाथि नै व्यंग्य गर्दै सामाजिक सञ्जालमा ट्रोल बनाइदिएका छन् । यस्तैमा गायिका आस्था राउतले दुर्गेशलाई लक्षित गर्दै कडा व्यंग्य गरेकी छन् । उनले पछिल्लो समय रहरै रहरमा गायक बन्नेहरुबाट दुखी बनेको संकेत गरिन् ।

राउतले लेखेकी छन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ, न ताल आउँछ, अटो–ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युट्यूबबाट डलर त आउला, तर सांगीतिक ज्ञान कहाँबाट छाउला !! हेर्दैछु, नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक नै मन पर्दैछ ? हैट, अब के चाहिँ गर्नु ! के बोल्नु कि नबोल्नु ?’

आस्थाले दुर्गेशको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । आस्था नेपाली आधुनिक गायनमा अब्बल र लोकप्रिय गायिका मानिन्छिन् । आस्थाको स्टाटस आएसँगै उनको तर्कमा धेरैले सहमति जनाउँदै दुर्गेशको हर्कत्को आलोचना गर्न थालेका छन् । दुर्गेश गत वर्षको तीजमा ‘बीच्च बीच्चमा…’ गाएपछि चर्चामा आएका थिए ।

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…