एमसीसीका विषयमा अमेरिकाले फेरी चासो बढायो, रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटे राजदूत बेरीले

काठमाण्डाै – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो देखाएकाे छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले भेट गरेका हुन् ।

गएकाे जेठ १६ गते एमसीसी संसदबाट पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् ।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेकाे रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेकाे सहसचिव सुनारले बताउनुभयो ।

रक्षा मन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेकाे पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।

भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राखेका थिए ।

अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले सङ्क्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…