रोचक प्रसंग : आफूलाई अमेरिकाको बराबर शक्ति ठान्न चीनले देखाइरहेछ आ’क्रामकता

चीनले पहिलेको भन्दा बढी आ क्रामकता देखाइरहेको विषयमा विभिन्न किसिमका व्याख्याहरू आइरहेका छन् ।

अहिले अमेरिकाले वैश्विक नेतृत्वलाई क्रमशः त्याग्दै गएको अवस्था छ । झन् कोभिड संकटमा त अमेरिका कमजोर देखियो । अमेरिकामा अव्यवस्था र असमञ्जस चीनका लागि निकै राम्रो अवसरका रूपमा रहेको छ ।

त्यसमाथि अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ र बहालवाला राष्ट्रपति डेमोक्रेटिक प्रतिस्पर्धीसँग हारिने हो कि भनी चौतर्फी आ’क्रमण गरिरहेका छन् ।

त्यसैले गर्दा चीनले आफ्नो वरिपरिको क्षेत्रमा एकैपटक कदमहरू चालिरहेको छ । दक्षिण चीन सागर, पूर्वी चीन सागर र पूर्वी भुटानमा नयाँ भूभागमा दाबी, हङकङमा दमन अनि पूर्वी लद्दाखमा भारतीय सैनिकसँगको भि’डन्तलाई यसै आलोकमा हेर्नुपर्छ ।

एसियामा प्रभुत्व जमाउनका लागि चिनियाँहरूले राम्रो अवसर देखेका छन् । देङ श्याओपिङले भनेमुताबिकको परराष्ट्रनीतिमा संयमलाई बिस्तारै त्याग्दै लगिएको छ ।

चिनियाँहरू अहिले इतिहासतर्फ फर्कंदैछन् । चिङ राजवंशको पालामा जस्तो उनीहरू आफ्नो प्रभुत्वलाई प्राकृतिक विकास मान्छन् ।

संसारप्रतिको उनीहरूको धारणा भनेको सबै देशले एक प्रणालीमा आआफ्नो स्थान स्वीकार गर्नुपर्छ जुन मर्यादाक्रम अनुसार निर्धारित हुन्छ ।

सन् २०१७ मा उनीहरूले ह्वाइट पेपर अन एसिया प्यासिफिक सेक्युरिटी कोअपरेसनमा लेखेका थिए, ‘प्रमुख मुलुकहरूले अन्य मुलुकका रणनीतिक उद्देश्यहरूलाई तटस्थ तथा तार्किक ढंगले हेर्नुपर्छ । साना तथा मध्यम आकारका देशले ठूला देशहरूको पक्ष लिनु हुँदैन ।’

उक्त दस्तावेजमा चीनले ठूला देश भनेर अमेरिका, रुस, भारत र जापानलाई लिएका थिए ।

सी चिनफिङ सत्तामा आएपछि न्यु मोडल अफ ग्रेट पावर रिलेसन्सको चर्चा गरेका थिए । त्यसमार्फत उनले अमेरिकालाई दुई मुलुकको समूह (जी२) को अवधारणा स्वकिार गर्नका लागि संकेत दिएका थिए । अमेरिकाका रणनीतिक विश्लेषक जिबिगन्यु ब्रजेजिन्स्की र सी फ्रेड बर्गस्टेनले यसको पैरवी गरेका थिए ।

तर अमेरिकाको मूड चिनियाँले बुझेनन् अनि सीले सन् २०१३ मा सन्नील्यान्ड्स शिखर सम्मेलनमा प्रस्ताव ल्याउँदा ओबामाले वास्तै गरेनन् । यस नयाँ मोडलमार्फत आफूलाई बराबरीको हैसियत दिलाउन चीनले अमेरिकालाई मनाउन खोजेका थियो । यसको अर्थ हुन्थ्यो, अमेरिकाले पश्चिम प्रशान्तमा चीनको प्रभुत्वलाई स्वीकार गर्नुपर्छ । तर अमेरिकाले पछि गएर पिभोट (केन्द्र) को कुरा गर्न थाल्यो जुन पछि गएर हिन्द–प्रशान्त नीति बन्यो ।

प्रमुख शक्तिहरूसँगको सम्बन्धको कुरा गर्दा चिनियाँहरूले अमेरिकालाई मात्र ध्यानमा राखे, भारतलाई राखेनन् । तर भारतले आर्थिक तथा सैन्य रूपमा चीनको बराबरी गर्न सक्ने सम्भाव्यता राख्छ ।

त्यसैले चीनले भारतलाई उदय हुन नदिनका लागि गर्नसक्ने जति सबै काम गर्छ ।

औपचारिक रूपमा बेइजिङले भारतसँग मित्रता र सहकार्यको चर्चा गर्छ तर व्यावहारिक रूपमा हेर्दा उसले पाकिस्तानलाई अघि सारेर भारतलाई सन्तुलनमा राखेको देखिन्छ ।

अनि भारतले पाकिस्तानविरुद्ध निरन्तर शत्रुतापूर्ण सम्बन्ध राख्ने नीति बनाएकाले चीनको मिसनलाई झनै सहयोग पुगिरहेको छ । भारतले नेपाल र श्रीलंका लगायतका छिमेकीप्रतिको नीतिमा देखाएको अक्षमताले समस्या झनै चर्काएको छ ।

ओआरएफमा प्रकाशित मनोज जोशीको विश्लेषण

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…