चीनले भुटानसँगको सिमा विवादमा यस्तो प्रस्ताव गरेपछि भारत त्रसित, दिल्लीमा तरंग

काठमाडौं। सीमा विवाद समाधानको लागि चीनले भुटानलाई ‘प्याकेज समाधान’को प्रस्ताव दिएपछि यसले भारत त्रसित भएको छ । चीनले भुटानलाई जमिन साटफेरको प्रस्ताव दिएको छ जुन भारतको लागि सुरक्षाका दृष्टिले ख’तरनाक हुने भन्दै नयाँ दिल्ली तरंगित भएको छ ।

प्रस्ताव अनुसार चीनले भुटानको उत्तरी क्षेत्रमा रहेको विवादित भूमि भुटानलाई दिनेछ र यसको बदलामा भुटानले डोकलाम समेत भुटानको पश्चिमी सीमा क्षेत्रको विवादित भूमि चीनलाई दिनेछ । यदि यो प्रस्ताव भुटानले स्वीकार गरेका सामरिक महत्वको डोकलाम क्षेत्रमा चीनको आधिपत्य हुनेछ जुन भारतका लागि निकै ख’तर’नाक हुन सक्छ ।

चीनले यसअघि १९९६ मा भुटानलाई यही प्रस्ताव दिएको थियो तर त्यतिबेला भुटानले यो प्रस्ताव अस्वीकार गरेको थियो । अहिले चीनले फेरि भुटानसँग यही प्रस्तावमा सम्झौता गर्ने प्रयास गरिरहेको छ ।

हालै चीनको विदेश मन्त्रालयले सागतेंगसँग जोडिएको आफ्नो पूर्वी सीमा क्षेत्रको भूमिमा आफ्नो दावी गरेको छ । यो त्यही विवादित क्षेत्र हो जुन क्षेत्र चीनले भुटानलाई दिएर डोकलाममा आधिपत्य कायम गर्ने प्रयास गरिरहेको छ । भारतीय विश्लेषकहरुले चीनले भुटानसँग विवादित क्षेत्रमा दावी गर्दै भुटानमाथि दबाब बढाएर डोकलाम कब्जा गर्ने व्रयास गरिरहेको विश्लेषण गरेका छन् ।

चीन र भुटानबीच १९८४ देखि सीमा विवादका विषयमा वार्ता भइरहेका छन् । १९९६ मा चीनले ११ औं चरणको वार्तामा भूमि साट्ने प्रस्ताव गरेको थियो । चीनको प्रस्तावपछि भुटानका तत्कालीन राजा जिग्मे सिंगे वाङचुकले भुटानको संसदलाई चीनको प्रस्तावबारे जानकारी गराएका थिए ।

चीनले भुटानको उत्तरी क्षेत्रको ४९५ वर्ग किलोमिटर क्षेत्र भुटानलाई दिएर भुटानको पश्चिमी क्षेत्रको २६९ वर्ग किलोमिटर क्षेत्र आफूले लिन चाहेको थियो । यो सम्झौता गर्दा भुटानले तुलनात्मक रुपमा धेरै क्षेत्र पाउँथ्यो र चीनसँगको सीमा विवाद पनि सुल्झिन्थ्यो । यो प्रस्ताव भुटानको लागि फाइदाजनक थियो तर भारतको हित हेरेर त्यतिबेला भुटानले चीनको प्रस्ताव मानेको थिएन ।

पछिल्लो समय भारतको सबै छिमेकीहरुसँग सम्बन्ध बिग्रिएको छ र भुटानसँग पनि सम्बन्ध पहिलेजस्तो छैन । अर्कोतर्फ भुटानमा अहिले राजा पनि जिग्मे सिंगेका छोरा जिग्मे केशर नामग्याल छन् । अहिलेको फरक परिस्थितिमा भुटानले भारतको हित नहेरी आफ्नो हित मात्र हेरेको खण्डमा चीनसँग यो सम्झौता हुन सक्छ ।

यस्तो भएमा डोकलाम चीनको हुनेछ र चीनको सेनाको पहुँच सिलिगुढी करिडोरको संवेदनशील र रणनीतिक रुपले अहम ‘चिकन नेक’सम्म पुग्नेछ जुन भारतको लागि रणनीतिक रुपले ठूलो झट्का हुनेछ ।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…