चिनियाँ वैज्ञानिकलाई अमेरिकाले प’क्राउ गर्‍यो, दुई देशबीच तनाव बढ्ने ख’तरा

काठमाडौं। अमेरिकाले एक चिनियाँ वैज्ञानिकलाई प’क्राउ गरेको छ । चीनबाट फरार भएकी यी अनुसन्धानकर्तालाई अमेरिकाले सन फ्रान्सिस्कोबाट भिसामा जालसाजीको अभियोगमा प’क्राउ गरेको थियो ।

तर, अमेरिकाले उनी बेइजिङले चलाइरहेको जासुसी नेटवर्कको सदस्य रहेको आरोप लगाएको छ । सन फ्रान्सिस्कोस्थित चीनको कन्सुलेट कार्यालयमा लुकेर बसेकी वैज्ञानिक जुआन ट्याङ्गलाई हि’रासतमा लिइएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

टाइम म्यागजिनका अनुसार अमेरिकी अधिकारीहरुले चीनमाथि कुटनैतिक मिशनको माध्यमबाट अमेरिकामा जासुसी नेटवर्क चलाइरहेको आरोप लगाएका छन् ।

यो नेटवर्कको माध्यमबाट अमेरिकाका विश्वविद्यालय, अनुसन्धान केन्द्र र व्यापारसँग सम्बन्धित सूचनाहरु चोरी गर्ने कोसिस भइरहेको उनीहरुको आरोप छ । अधिकारीहरुका अनुसार अनुसन्धानकर्ता जुआनले सैनिक पोसाकमा हुनुका बावजुद सेनासँग सम्पर्कको कुराको खण्डन गरेकी छिन् ।

यद्यपि अहिलेसम्म जुआनलाई हिरासतमा लिइनुको कारण स्पष्ट छैन । उनीमाथि कानुनी रुपमा जासुसीको आरोप लगाइएको छैन ।

यही हप्ताको सुरुवातमा प्रोसिक्युसनका अधिकारीहरुले जुआनले अमेरिका प्रवेश पाउनको लागि आफ्नो चिनियाँ सेनासँगको सम्पर्कको बारेमा जानकारी लुकाएको र गिरफ्तारीबाट बच्न सन फ्रान्सिस्कोको कन्सुलेटमा लुकेको बताएका थिए ।

जुआनको चिनियाँ सेनाको युनिफर्ममा फोटो सार्वजनिक भएपछि अमेरिकी अनुसन्धान अधिकारीहरुलाई जुआनले आफूले यो युनिफर्म चीनको फोर्थ मिलिट्री मेडिकल युनिभर्सिटीको लागि लगाएको बताएकी थिइन् किनकि यो एक सैन्य स्कुल थियो ।

भर्खरै प्रकाशित

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने…

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…