चिनियाँ वाणिज्य दूतावासको ढोका फोरेरै अमेरिकी अधिकारीले छापा मारे

वासिङटन । अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा अमेरिकी अधिकारीहरुको समूहले जबर्जस्ती ढोका खोलेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो ।

शुक्रबार साँझ ती अधिकारीहरुले दूतावासको पछाडिपट्टीको ढोका खोल्दै गरेको दृश्य सामाजिक सञ्जालमा समेत छाएको छ ।

तर अमेरिकी अधिकारी र दूतावासका अधिकारीहरुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् ।

यस्तै घटनास्थलमा ट्रम्पको आदेश आउनुअघि नै आगो बलिरहेको दृश्य समेत देखिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

स्रोतको हवाला दिँदै अमेरिकी मिडियाले दूतावास जासूसहरुको केन्द्रको रुपमा चिनिने गरेको दावी गरेका छन् ।

चिनियाँ एजेन्टहरुले मेडिकल र वैज्ञानिक अनुसन्धानका लागि दूतावासको प्रयोग गर्दैआएको आरोप लगाइन्छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोही कारणले पनि चिनियाँ दूतावासमा अमेरिकी अधिकारीहरुले छापा मारेका हुन् ।

जुन घटना ट्रम्पको आदेश लगत्तै भएको थियो । गत बुधबार ट्रम्पले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए । चीनले भने शुक्रबारसम्म काम बन्द गर्ने जनाएको थियो ।

मिडियाका अनुसार साँझ ४ बजे अमेरिकी अधिकारीहरुले दूतावासको ढोका जबर्जस्ती खोलिदिएका थिए ।

कोरोनाभाइरस महामारीको विश्वव्यापी संकटसँगै चीन र अमेरिकाबीच सम्बन्ध पनि थप तनाबग्रस्त बन्न पुगेको छ ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…