अब गालिखाने पालो दुर्गेश थापाको, ‘गायक हुँ’ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?

काठमाडौं। पछिल्लो समय नेपाली कलाकारहरु ट्रोलको शिकार भइरहेका छन् । नजानेको विषयमा ‘जान्दिन’ भन्न नसक्ने र गलत जवाफ दिएका कारण केही अभिनेत्रीहरु सामाजिक संजालमा ट्रोलरको निशानामा परे ।

केहीले अनावश्यक रुपमा बढी बोलेर आलोचनाको शिकार भए । केही भने आफ्ना सहकर्मीलाई बचाउने चक्करमा आफैं चिप्लिएर आलोचित भए ।

यद्यपि यी विषयमा भइरहेका ट्रोलको विरोध गर्दै कलाकारको बचाउ गर्नेले ‘सबै कुरा जान्नै पर्छ र ?’ भन्ने प्रश्न उठाउँदै कलाकारहरुको बचाउ गरे । कला क्षेत्रका व्यक्तिलाई राजनैतिक विषय, सामान्य ज्ञानका कुरा सोधेर चेपुवामा पारिएको तर्क गरियो । आफ्नो क्षेत्रबारे पो जानकारी हुन्छ, सबै क्षेत्रको जानकारी कहाँ हुन्छ ? भनेर बचाउ गरियो ।

तर, पछिल्लो समय गायक दुर्गेश थापा ट्रोलरको निशानामा परेका छन् । निशानामा पनि यसरी परेका छन् कि उनले अरुले जस्तो ‘आफ्नो क्षेत्रबाहिरको’ कुरा सोधिएको भनेर बचाउ गर्ने ठाउँ पनि बाँकी छैन ।

उनले अरु विषयमा होइन आफ्नै क्षेत्रको कुरामा गल्ती गरिदिए । संगीत क्षेत्रकै ज्ञान नभएको देखिएपछि अहिले दुर्गेशमाथि ट्रोलरहरु खनिएका छन् ।

पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको गीत गाउन भनिएको थियो । धमलाले नारायणगोपालको गीत गाउन भने तर दुर्गेशले भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ’ गाइदिए । यतिमात्र होइन दुर्गेशले नारायणगोपालको गीत आफूले धेरै सुन्ने गरेको भने तर नारायणगोपालको गीत चिन्न सकेनन् ।

दुर्गेशको यो गल्तीसँगै सामाजिक संजालमा प्रश्न उठेको छ –‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन् ।

धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गाउँछन् तर शब्द बिगार्छन्। यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन् ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…