इरानी यात्रुवाहक विमानलाई अमेरिकी ल’डाकु विमानले घेरा हाल्यो

तेहरान (एजेन्सी)। इरानको एक यात्रुवाहक विमानलाई अमेरिकी ल डाकु विमानले घेरा हालेको इरानले जनाएको छ। इरानी सरकारी समाचार एजेन्सी इरिबले एक भिडियो सम्प्रेषण गर्दै अमेरिकी ल’डाकु विमानले इरानी निजी विमान कम्पनी महान एयरको विमानलाई सिरियाको हवाई क्षेत्रमा घेरा हालेको जनाएको छ।

तर, अमेरिकी सेनाले इरानी यात्रुवाहक विमानसँग सुरक्षित दुरीमा अमेरिकी ल’डाकु विमान उडेको र त्यो उडान नियमित भएको जनाएको छ। इरानको तेहरानबाट बेरुतका लागि उडेको सो विमान बेरुतमै आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार इरानी समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा विमान भित्रका एकजना यात्रुको नाकबाट रगत बगेको देखिएको र विमानको झ्यालबाट ल डाकु विमान देखिएको बताइएको छ।

इरानी समाचार एजेन्सीले अमेरिकी लडाकु विमानले घेरा हालेपछि इरानी विमानले आकस्मिक रुपमा उँचाई घटाउनु परेको र सोक्रममा केही यात्रु घाइते भएको जनाएको छ। सो विमान बेरुतबाट इरान फर्किसकेको जनाइएको छ। इरानी निजी विमान कम्पनी महान एयरमाथि अमेरिका तथा युरोपेली मुलुकले प्रतिबन्ध लगाएका छन्।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…