तोकिएको भन्दा बढी मूल्यमा टिकट किनबेच भए कारवाही गर्छौ : नेपाली दूतावास कुवेत

दोहा । कोरोनाका कारण रोजगार गुमाएका वा अलपत्र परेका नेपालीहरूलाई चार्टर्ड विमान मार्फत स्वदेश फिर्ती गराइरहेको बेला कुवेतदेखि काठमाडौँसम्मको चर्को भाडादर हवाई टिकट किनबेचमा अनियमितता भएको तथा बढी भाडा लिएको गुनासो आउन थालेपछि कारवाही गर्ने चेतावनी दिएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार हाल केही ट्राभल एजेन्सी कंपनीहरूले उडान कंपनी, उडान मिति र समयबारे कुनै सुनिश्चित जानकारी नै नगराई मनोमानी रूपमा तोकेको भन्दा बढी मूल्यमा हवाई टिकट बेचिरहेको गुनासो आउन थालेको जनाएको छ ।

नेपाल सरकारले कुवेत-काठमाडौं सेक्टरको चार्टर्ड उडानबाट यात्रा गर्ने यात्रुहरूका लागि प्रति व्यक्ति हवाई भाडादर अमेरिकी डलर ४१० (सम्पूर्ण करहरू सहित) तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको दूतावासले जनाएको छ ।

तोकिएको भन्दा बढि हवाई भाडा असुल नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको जानकारी गराउदै कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि हवाई टिकट खरिद गर्नुभन्दा अघि सम्बन्धित एयरलाइन्सहरूका आधिकारिक बिक्रेताबाट नेपाल सरकारबाट निर्धारित भाडा दरमा मात्रै टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ ।

यदि कसैले अनाधिकृत तवरबाट तोकिएभन्दा बढि रकममा हवाई टिकट किनबेच गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…