सांसद पोखरेलको माग : ५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई जेल मुक्त गरौँ

काठमाडौं । नेकपाका सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई मुक्त गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार सम्बन्धी संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै राज्यले आधा सजाय काटेका कैदीलाई रिहाई गर्न माग गरेका हुन् ।

उनले भने– ‘अब जेल भर्ने हैन, एउटा निश्चित अवधि पूरा गरेपछि ५० प्रतिशत दण्ड सजाय बेहोर्छ भने सबै प्रकारका अ’परा’धीलाई अब राज्यले एक पटकलाई छुट दिने व्यवस्था गर्नुपर्छ । अहिले संक्रमणकालीन अवस्था छ । यस्तो बेलामा कारागार भरेर राख्ने हैन त्यसमा छुट दिएर जाने प्रबन्ध गर्नुपर्छ ।’

उनले जेलमा कैदीले विशेष जिम्मेवारी वापत पाउने सुविधा अन्तर्गत कटौती गर्न नहुने बताउँदै कडा खालका सजाय पाएका कै’दीलाई चौकीदार नाइके बन्नबाट रोक्न नहुने बताए । उनीहरु सुध्रिएका छन् भने कारागार प्रशासनले त्यस्तो जिम्मेवारी दिन कन्जुस्याँई गर्न नहुने उनको भनाई छ ।

उनले भने– ‘अहिले बहुविवाहको केसमा परेकोले पनि छुट नपाउने अवस्था छ । महिलामाथिको हिं’सा भनेको छ । कानूनी रुपमा अब हाम्रोमा बहुविवाह त हुँदै हुँदैन । तर द’ण्ड त हुन्छ । छोरा पायो भने बाउ बन्न पाउँछ तर श्रीमती भन्न पाउँदैन् । बहुविवाहमा जेल परेको छ भने उ नाइके हुन पाउँदैन भन्न मिल्दैन ।’

सांसद पोखरेलले नेपालमा रहेका कारागारको धेरै सुधार गर्न बाँकी रहेको बताए । उनले नेपालको दण्ड प्रणाली जस्तालाई तस्तै गर्ने भन्दापनि सुधार गरेर जानुपर्ने बताए । अहिलेको कारागार अ’परा’धीलाई सुधारतर्फ भन्दा पनि अ’पराध’को योजना बनाउने स्थलको रुपमा विकास भएको उनको भनाई छ । राज्यले जे सोचेर कारगार बनाएको छ भौतिक रुपमा पनि त्यस्तो नभएको र कै’दीलाई सीप ज्ञान दिएर सामाजिकीरण गर्ने अवस्था नरहेको बताए ।

कारागार व्यवस्थापनका लागि विधेयक संशोधन गर्न लागिनु स्वागतयोग्य कदम भएको बताउँदै सांसद पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेकालाई रिहाई पुन आग्रह गरे । सांसद पोखरेल प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत हुन् ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…