साम्राज्ञी र भूवनको बिषय अब अदालतमा प्रवेश, साम्राज्ञी विरुद्ध भूवनले गरे मुद्दा दायर

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी वि’रुद्ध मु’द्दा दर्ता गरेका हुन् ।

नायक केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको वुझिएको छ ।

नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् ।

साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ ।

नायक केसीले भने यो बिषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो बिषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…