कतारले अगष्ट १ देखि विदेशी नागरिकलाई प्रवेश अनुमति दिने, यस्तो छ नयाँ मापदण्ड

काठमाण्डौ । कतारले कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ ।

कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो । नेपालमा सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै कतार जानका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । साउन १ गतेदेखि हिजो बिहीबारसम्म मात्रै ३१९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

तर कतारले सार्वजनिक गरेको कम जोखिम भएका देशमा नेपाल पर्दैन ।कतारले नेपालसहित भारत, बंगलादेश र पाकिस्तान जस्ता देशको नाम त्यो सूचीमा राखेको छैन । सूचीमा नेपाल नपर्दा पुनः श्रम स्वीकृति लिएकार जान खाेज्नेहरुले थप प्रक्रिया गर्नपर्छ ।

हुन त यो सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्न सक्ने जनाएको छ । कतारले जारी गरेको नियम अनुसार दक्ष र अदक्ष श्रमिकसहित घरेलु कामदारलाई पनि अगष्ट १ देखि प्रवेशमा अनुमति दिइने छ । तर उनीहरुले प्रवेशका लागि अनुमति लिनु पर्छ । कतारले प्राथमिकता, सार्वजनिक स्वास्थ्यको मापदण्ड, सरकारी र अर्ध सरकारी क्षेत्रको आवश्यकता र मानवीयताको आधारमा अनुमति दिने जनाएको छ ।

निजी क्षेत्रका दक्ष र अदक्ष कामदारको क्वरेण्टीन खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्न पर्नेछ भने घरेलु कामदारको हकमा पनि अनुमति प्राप्त भए पनि क्वरेण्टीन खर्च भने रोजगारदाताले नै तिर्नु पर्छ । श्रमिकले कतार यात्रा गर्नका लागि रोजगारदातासँग समन्वय गर्नु पर्नेछ ।

कतारले सार्वजनिक गरेको कम जोखिमयुक्त देशको सूचीमा नपर्ने अर्थात नेपालबाट जानेले पनि यात्रा गर्नुभन्दा ४८ दिनअघिको कोरोना पोजेटिभ नभएको रिपोर्ट पेश गर्नुपर्छ ।

कतार पुगेपछि क्वरेण्टीनमा बस्नैपर्छ । यसरी होटल क्वरेण्टीनमा बस्दा पोजेटिभ रिजल्ट आएकाहरु आइसोलेसनमा बस्नुपर्छ भने नेगेटिभ आएमा होटल क्वरेण्टीपछि पनि एक हप्ता होम व्वरेण्टीनमा बस्नु पर्छ ।

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…