अमेरिकासँग मिलेर बेलायतले पनि दियो चीनलाई झट्का : हङकङका नागरिक भित्र्याउन आवेदन खुलाउँदै

लण्डन । बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउँदैछ ।

२०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने यही बुधबार घोषणा गरिएको हो । बेलायतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायती पासपोर्टधारीका निकटस्थ पारिवारिक नातेदारहरुले पढ्न वा काम गर्न बेलायत जान पाउने जनाएको छ ।

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै त्यहाँका नागरिकलाई बेलायती नागरिकता दिने जनाएको हो । तर बेलायतको यस्तो प्रस्तावप्रति चीनले आपत्ति जनाउँदैआएको छ । चिनियाँ अधिकारीहरुले बेलायतको यस्तो कदमको विरोध गर्दै हङकङका नागरिक चिनियाँ नै भएको जनाएका छन् ।

‘यूके र हङकङका जनताबीच बलियो ऐतिहासिक सम्बन्ध छ । र हामी उनीहरुको स्वतन्त्रताको पक्षमा बोलेको बाचा पूरा गर्छौँ,’ बेलायती गृहमन्त्री प्रिती पटेलले बताएकी छन् ।

हङकङका नागरिकका लागि बेलायतले ल्याएको नयाँ नीति अनुसार नयाँ प्याकेज मार्फत बेलायत आउने हङकङका नागरिकले बेलायतमा ५ वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन् । त्यसपछि थप १२ महिनापछि उनीहरुले ब्रिटिश नागरिकताको लागि आवेदन दिन पाउनेछन् ।

बेलायती उपनिवेशमा रहेको हङकङ १९९७ मा एक देश दुई नीति अन्तर्गत रहने गरी चीन मातहत पुगेको थियो । यो देश अहिले पनि चीनसँग एक देश, दुई नीति अनुसार सञ्चालन हुँदैआएको छ ।

पछिल्लो समय हङकङमा राजनीतिक अस्थिरता सँगै अमेरिकी प्रभाव पनि बढ्न थालेको छ । यस्तैमा चीनले हङकङमाथि नयाँ कानुन लागु गराउँदै पृथकतावादी माग उठाउन बन्देज लगाएको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…