रोकिएन अमेरिका : अरु पनि चिनियाँ कन्सुलेट बन्द गर्ने डोनाल्ड ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु पनि चिनियाँ कन्सुलेट कार्यालयहरु बन्द हुनसक्ने बताएका छन्। होस्टनमा रहेको चिनियाँ कन्सुलेट जनरलको कार्यालयलाई अमेरिकाले तीन दिन भित्र बन्द गर्न निर्देशन दिइसकेको छ। निर्देशन दिएकै दिन राष्ट्रपति ट्रम्पले थप चिनियाँ कुटनीतिक कार्यालयहरु अमेरिकामा बन्द हुनसक्ने बताएका हुन्।

‘मलाई लाग्छ उनीहरुले डकुमेन्ट र कागजातहरु जलाइरहेका छन्,’ ह्वाइट हाउसमा आयोजित न्युज कन्फरेन्समा ट्रम्पले भने। स्टेट डिपार्टमेन्टले होस्टनमा रहेको कन्सुलेट कार्यालयलाई ७२ घन्टाभित्र बन्द गर्न निर्देशन दिएपछि अमेरिका र चीनबीचको तनाव अझ खराब अवस्थामा पुगेको छ।

बेइजिङले अमेरिकी निर्देशनलाई उत्तेजित राजनीतिक गतिविधिका रुपमा व्याख्या गर्दै त्यसको भत्सर्नासमेत गरेको छ। अमेरिकाले भने कुटनीतिक नियोग बन्द गर्नुको कारण बौद्धिक सम्पत्तिको सुरक्षा तथा गोपनीयताको रक्षालाई विषय बनाएको छ।

व्यापारको विषयमा दुई देशबीचको सम्बन्ध खराब रहेको अवस्थामा कोभिड १९ चीनबाट सुरुवात भएपछि अमेरिकी राष्ट्रपति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्।

कोरोनाभाइरसलाई अमेरिकी सभामुखले भनिन्– ट्रम्प भाइरस

चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमण अहिले अमेरिकाका लागि सबैभन्दा ठूलो चेतावनी बनेको छ । विश्वभर कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्दै आएका थिए । उनले मास्क लगाउनु पर्ने अनिवार्य नभएको पनि बताएका थिए ।

तर, अब उनले मास्क लगाउन अनुरोध गर्न थालेका छन् । उनले अमेरिकीहरुलाई फेस मास्क लगाउन अनुरोध गर्न थालेका छन् ।

अर्कोतिर, अमेरिकामा कोरोनालाई राम्रोसँग नियन्त्रणमा नलिएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना पनि भइरहेको छ । बुधबार मात्र उनको आलोचना गर्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पोलेसीले कोरोनाभाइरसलाई ट्रम्प भाइरस भनेकी छिन् ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…