कतारबाट विदामा आएका कामदार तत्काल फर्कन कठिन, कतारको सूचिमा नेपाल उच्च जोखिममा

काठमाडौँ । कतारले नेपाललाई कोरोनाको उच्च जोखिम रहेको देशको रुपमा सूचिकृत गरेको छ । कतारको जन स्वास्थ्य मन्त्रालयले मंगलबार कोभिड–१९ को महामारीको जोखिम न्यून भएका देशहरुको सूची जारी गरेको छ । मन्त्रालयले जारी गरेको सो सूचिमा नेपाललाई न्यून जोखिममा नभई उच्च जोखिममै राखिएको छ ।

कतारले बुधवारदेखि लागू हुने गरी नेपालबाहेकका अन्य ४० वटा देशहरुलाई न्यून जोखिमको सूचिमा राखेको छ । कतारले नेपालबाहेकका भारत, बंगालादेश, पाकिस्तानलगायतका देशहरुलाई समेत कोरोनाको उच्च जोखिम रहेका मुलुकहरुमा राखेको छ ।

कम प्रभावित मुलुकमा समावेश भएका यी ४० देशका नागरिकहरुले आउँदो १ अगष्टदेखि कतारमा प्रवेश पाउनेछन् । तर, उच्च जोखिममा रहेका नेपाल लगायतका मुलुकका नागरिकहरुले भने तत्काल कतार जान पाउने छैनन् । सिधा रुपमा प्रवेश नपाइने नभनिएको भए पनि उच्च जोखिममा परेका देशका नागरिकले प्रवेश पाउने मापदण्ड नै तोकिएको छेन । जसको अर्थ कतार प्रवेश नपाउनु नै हुन्छ । उनीहरुले कतार प्रवेशका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

जोखिमयुत्तः देशहरुको सूचि हरेक २ हप्तामा अद्यावधिक गर्ने भनिएको छ । अबको २ हप्तापछि यो सूचि अद्यावधिक हुँदा नेपाल न्यून जोखिमयुक्त देशमा सूचिकृत भएमा नेपालीको लागि कतार जाने बाटो खुल्नेछ तर उच्च जोखिमयुक्त सूचीमै रहेमा भने नेपालीले कम्तीमा अर्को २ हप्ता पर्खिनुपर्नेछ ।

अहिले न्यून जोखिम परेका देशहरुबाट कतार जानेहरुले समेत त्यहाँको सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ । कम प्रभावितको सूचिमा परेका नागरिकहरुले कतार फर्कनको लागि ४८ घण्टासम्म मान्यता हुने कोरोनाको संक्रमण नभएको रिपोर्ट साथमा राख्नुपर्ने हुन्छ ।

त्यस्तै उनीहरुले दोहाको विमानस्थलमा ओर्लिएपछि १४ दिनसम्म आफ्नै खर्चमा तोकिएको होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ, होटेल क्वारेन्टाइनको बसाइ सकाएपछि एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्नेछ र एह्तराजको एपको प्रयोग गर्नु पर्नेछ । यी नियम पालना गर्नका लागि विमानस्थलमा ओर्लिनासाथ सरकारसँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदामा आएका नेपाली फर्कन नपाउने

कतार सरकारले जारी गरेको यो नियमबाट कोरोनाको महामारीअघि घर विदामा आएका नेपाली त्यहाँ कहिले फर्कन पाउने भन्ने विषय अन्यौल बनेको छ । यद्यपि कतारले पछिल्लो अवस्था हेरेर हरेक दुई हप्तामा यो सूचि फेरबदल गर्न सकिने जनाएकोले उनीहरु छिटै फर्कन पाउने सम्भावना भने कायमै छ ।

नेपाल सरकारले विदेशबाट घर विदामा आएका नेपालीहरुलाई सोही कम्पनीमा रोजगारीको लागि फर्कन पुनः श्रम स्वीकृती दिन थालिसकेको छ । सरकारले पुन : श्रम स्वीकृती प्रदान गर्न थालेपछि कतारबाट विदामा आएका सयौँ नेपालीले फर्कनको लागि श्रम स्वीकृती लिइसकेका छन् । नलिएकाहरुले पनि लिने क्रम जारी छ ।

वैदशिक रोजगार कार्यालय, ताहाचलका सूचना अधिकारी छत्र शाहका अनुसार सरकारले पुनः श्रम स्वीकृती दिन सुरु गरेयता कतारका लागि ६०७ जना नेपालीले पुनः श्रम स्वीकृती लिएका छन् । जसमा ५८८ पुरुष र १९ जना महिला कामदार छन् । गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृती खुला गरिएको थियो ।

यसरी श्रम स्वीकृती लिइसकेकाहरु कतार फर्कनको लागि उडानको प्रतिक्षामा थिए । सरकारले पनि आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो । सरकारको यो निणर्यसँगै उनीहरु कतार फर्कन अन्तर्राष्ट्रिय उडान कुरेर बसिरहेका थिए । तर, कतारले नेपाललाई उच्च जोखिममा राखेपछि उनीहरु फर्कन नपाउने भएका छन् ।

कतार फर्कन हतारिनु हुँदैनः राजदूत भारद्वाज

कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले विदामा नेपाल आएकाहरुलाई कमर्थलो कतार फर्कन हतार नर्गन सुझाव दिएका छन् । कतारमा कोरोनाको महामारी पहिलाको तुलनामा कम हुँदै गएता पनि साम्य अझै नभएकोले फर्कन हतार नर्गन उनले सुझाएका छन् ।

‘पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणदर घट्दो रुपमा रहेपनि निर्मुल भएको छैन,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘स्वदेशमा रहेका नेपालीहरु अहिले नै यता फर्कन हतारिनु हुँदैन । अघिल्ला दिनहरुको अवस्था पनि हेर्नुपर्ने हुन्छ ।’

कतारले नेपाललाई न्यून जोखिममा सूचीकृत गरेर फर्कन सहज गराइदिए पनि अहिले नै फर्कदाँ विभिन्न झमेला समेत व्योहोर्नु पर्ने उनले बताए । ‘केही समयपछि अवस्था हेरेर नेपाललाई न्यून जोखिममा राख्ला । नेपालीहरु फर्कन थाल्छन होला,’ उनले भने, ‘तर, यहाँ फर्किएपछि त्यति सहज हुनेछैन। खर्च पनि उत्तिकै हुन्छ । विभिन्न झमेला पनि हुन्छ ।’

कतार पुगेपछि जोसुकै पनि १४ दिनसम्म सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । राजदूत भारद्वाजका अनुसार यसरी १४ दिनसम्म होटेल क्वारेन्टाइनमा बस्न ३ हजार कतारी रियल (नेपाली करिब ९० हजार) खर्च हुन्छ । त्यसपछि फेरि होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । घरमा बस्दा पनि रोजगारी नहुँदा खर्च मात्रै हुन्छ । क्वारेन्टाइनको सबै प्रक्रिया पूरा गरेपछि पनि कम्पनीको काममा फर्किहाल्ने अवस्था नहुने उनले बताए ।

कतारका कम्पनीहरु यतिबेला पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । कोरोना कहर अझै नसकिएको हुनाले कम्पनीहरुले परियोजनाहरुको काम सुरु गरिसकेका छैनन् । कम्पनीहरुले ठूला प्रोजेक्ट नलिइकेको अवस्थामा अहिले चलिरहेका कम्पनीहरु बन्द नै हुने जोखिम हुने उनले बताए ।डिसीनेपाल 

भर्खरै प्रकाशित

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…

ड्राइगन चाइनिज नाम भएको भन्दै भारतमा ड्राइगन फ्रुटको नाम परिवर्तन…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो । त्यस…

भारतले सहयोगमा दिएको भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो…

वर्षभरीको पाप पखाल्न माइनस १४ डिग्रीको पानीमा डुबुल्की मारे रुसी…

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको…