लकडाउन सकिए पनि काठमाडौं छिर्न पास चाहिने

सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।

‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सेतोपाटीसँग भने।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ।

तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।

भर्खरै प्रकाशित

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…

बंगलादेश : कुनै बेला गरिबीको चपेटामा परेको देश बन्यो विश्वकै…

ढाका। ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक…

सांसदको उपचार खर्च २०० प्रतिशतले बढ्यो

४ कात्तिक, काठमाडौं । संघीय सांसदको उपचार खर्च २०० प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिना (साउन, भदौ र…

सांसदले मात्र किन सरकारी कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको…

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…