एक यस्तो परिदृश्य, जहाँ अमेरिका नेतृत्वको नाटोलाई सिध्याउँन टर्कीले धेरै कदम चालीसकेको छ

अमेरिका नेतृत्वको सैन्य संगठन नाटोका सदस्यहरू एकआपसमै झ’गडा गरिरहेका छन् ।

सन् २०२० को जुन महिनाको ७ तारिखमा तान्जानियाको झण्डा भएको मालवाहक जहाज सिरकिन टर्कीको एक बन्दरगाहबाट सुटुक्क निस्केर लिबियाको बन्दरगाह मिसराटातिर पुग्यो ।

५ हजार ८०० टनको उक्त माल के थियो भन्ने कसैलाई थाहा छैन ।

त्यसमा बहुमूल्य वस्तु थियो भन्ने चाहिँ पक्का छ किनकि त्यसलाई टर्कीका तीनवटा यु’द्धपोतले सुरक्षा दिएका थिए । त्यसमा लिबियाली सेनाका लागि हा’तहतियार रहेको हुनुपर्छ ।

लिबियाको गभर्नमेन्ट अफ नेसनल एकोर्डको तजबिजमा रहेको सेनाका लागि सैन्य सामग्री त्यसले बोकेको हुनुपर्छ जुन संयुक्त राष्ट्रसंघले लगाएको हतियार प्रतिबन्धको बर्खिलाप हुन जान्छ ।

टर्कीबाट हिँडेको तीन दिनपछि समस्या शुरू भयो । ग्रीसको एक हेलिकप्टर सिरकिन जहाज नजिक पुग्यो र त्यसको निरक्षण गर्नका लागि अवतरण गर्न अनुमति माग्यो ।

उक्त हेलिकप्टर लिबियामा हतियार प्रतिबन्धको अनुपालन गराउन युरोपेली परिषद्ले चलाएको अपरेसन इरिनीको एक अंग थियो । सिरकिन जहाजको सुरक्षा गरिरहेका टर्कीश यु’द्धपो’तहरूले यो अनुरोध अस्वीकार गरे ।

हेलिकप्टरले त्यसपछि अलिक परबाट सिरकिनलाई निगरानी गरिरह्यो ।

फ्रान्सको फ्रिगेट जहाज कूर्बे नाटोको सामुद्रिक सुरक्षा अपरेसन सी गार्डियन अन्तर्गत त्यही क्षेत्रमा रहेको छ । त्यसलाई नाटोले सिरकिन जहाजमा हतियार बोकेको हुनसक्ने भनी खबर गर्‍यो ।

सिरकिनले कूर्बेलाई आफ्नो परिचय दिन मानेन र आफ्नो अन्तिम गन्तव्य कहाँ हो समेत भन्न चाहेन । सिरकिनलाई सुरक्षा दिइरहेको टर्कीको एक यु’द्धपोतले फायर कन्ट्रोल राडारमार्फत तीनपटक कूर्बेतर्फ उज्यालो फ्याँक्यो । आफूले हतियार चलाउन सक्ने भनी उसले संकेत दिएको हो ।

त्यसपछि कूर्बेले बाटो छोड्यो अनि सिरकिन मिसराता आइपुग्यो अनि सबै मालसामान त्यहाँ ओराल्यो ।

फ्रान्सले टर्कीको यो क्रियाकलापको निन्दा गरेको छ र नाटोसमक्ष आधिकारिक उजुरी दिएको छ । नाटोले यसमा गरेको अनुसन्धान निष्कर्षविहीन रूपमा टुंगिएको छ तर यसका विस्तृत विवरणहरू गोप्य राखिएका छन् ।

उता फ्रान्सले माफी माग्नुपर्ने भनी टर्कीले माग गरेको छ । यसको प्रतिक्रियास्वरूप फ्रान्सले अपरेसन सी गार्डियनबाट आफ्ना सुरक्षाबल फिर्ता बोलाएको छ र लिबियालाई हतियार आपूर्तिको प्रतिबन्ध नाटोले अनुपालन गराउन गम्भीरतापूर्वक लाग्न भनेको छ ।

कुरा बुझ्दै जाँदा अपरेसन सी गार्डियनले अपरेसन इरिनीलाई सहयोग गर्ने भनी नाटोबाट कार्यादेश नै लिएको रहेनछ । त्यसैले सिरकिनलाई बाटोमा रोक्न खोज्ने काम फ्रान्स एक्लैले गरेको देखियो ।

नाटोका दुई साझेदार मुलुकबीच भि’डन्तको स्थिति लिबिया नजिक आउनु भनेको ७१ वर्ष पुरानो संगठनको उपयोगिता अब सकिँदै गएको प्रमाण हो । यो संगठन अहिले आ’त्मघा’ती बाटोमा हिँडिरहेको छ ।

नाटोका साझेदारबीच हुने द्व’न्द्व’को केन्द्रमा प्रायः टर्की नै रहने गरेको छ । यसले गर्दा टर्की नाटोको सदस्य रहिरहनु नै प्रश्नको घेरामा छ अनि नाटो आफैंको सान्दर्भिकता नै देखिएको छैन ।

सन् १९५२ को फेब्रुअरी महिनामा टर्की नाटो गठबन्धनको सदस्य बनेदेखि नै फाल्तु साबित भइरहेको छ । टर्कीलाई सदस्य बनाएर नाटोले मस्कोसँग उसको साझेदारी नबनोस् भन्ने सुनिश्चित गरेको थियो ।

त्यसको बदलामा नाटोले धेरै कुरालाई बेवास्ता गर्नुपरेको थियो ।

अझ अर्दोआन शक्तिशाली बनेदेखि त नाटोप्रति सहानुभूति राख्ने सैन्य अधिकारीहरू हटाइएका छन् र इस्लामिक एजेन्डालाई अघि बढाइएको छ जुन नाटोको उदारवादी मूल्यमान्यता विपरीत छ ।

अनि टर्कीले रुसको जमीनबाट आकाशमा मा’र हा’न्न सक्ने एस–४०० क्षेप्यास्त्र किनेपछि त टर्की र नाटो एकअर्काका लागि बनेका हैनन् भन्ने स्पष्ट भएको छ । यस कदमका लागि टर्कीमाथि प्रतिबन्ध लगाइने भनी अमेरिकाले ध’म्की दिएको छ र एफ–३५ फा’इटर जेट उत्पादनमा टर्कीको सहभागिता रोकेको छ ।

टर्कीले उत्तरी सिरियामा आ’क्र’मण गरेर कब्जा गरेको अनि अमेरिकाले समर्थन गरेका कुर्दिश बलहरूसँग द्व’न्द्वको स्थिति, इराक सरकारको अनुमति विना उत्तरी इराकमा टर्कीको सैन्य का’रवाही तथा लिबियामा गभर्नमेन्ट अफ नेसनल एकोर्डलाई टर्कीले गरेको सहायताले पनि नाटोसँग उसको संघर्ष रहेको देखिएको छ ।

फ्रान्स र टर्कीबीच भएको घटनाले नाटोको आधारभूत कमजोरीलाई उजागर गरेको छ । टर्की नाटो साझेदारको सबभन्दा कमजोर कडी हो र नाटोमा ऊ रहिरहँदा मन्दविषको जस्तो काम गर्छ र अन्त्यमा नाटोलाई नै सिध्याइदिन्छ । त्यो स्थिति कति छिटो आउनेछ भनी हेरौं ।

आरटीमा प्रकाशित स्कट रिट्टरको विश्लेषण

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…