लकडाउन एकैपटक अन्त्य भएकाले संक्रमण दर बढ्नसक्ने विज्ञहरूकाे चेतावनी

सरकारले झन्डै चार महिनापछि जारी लकडाउनलाई आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारको उक्त निर्णयप्रति स्वास्थ्य मन्त्रालयका विज्ञ टोली नै असन्तुष्ट रहेका छन्। विज्ञ टोलीका एक सदस्यले सेतोपाटीसँग भने, ‘हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन। कम्तीमा दुई-दुई हप्ताको अवस्थाको विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’

उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। उनी भन्छन्, ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटी लकडाउन अन्त्य गर्न दबाब भयो।’

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।

‘हामीले त अहिले एकैचोटी सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। माेटरसाइकल पनि केही समयको लागि जोरबिजोर प्रणाली यथावत राखौं भनेको हो’ उनले भने, ‘तर यहाँ सबैको आ-आफ्नो स्वार्थले गर्दा यो कायम रहन सकेन। हामीले कम्तिमा साउनको २० गतेसम्म अहिलेको स्थितिलाई यथावत राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’

सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भएपनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।

लकडाउन एकै पटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ‘काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन।

कति मानिस लुकिछिपी प्रवेश गरेका छन्’, विज्ञ समुहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’

उनले लकडाउन खोल्नैपर्ने अवस्था आएको भएपनि कम्तीमा दुई साताको अवस्थालाई विश्लेषण गरेर निर्णय गरेको भए उचित हुने कुरा दोहोर्‍याए।

भर्खरै प्रकाशित

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…

न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व…

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज…

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार…

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने…