अरनव गोस्वामीले बोल्नै नदिएपछि लाइभ कार्यक्रममै खाना खाइदिइन् एक अभिनेत्रीले

नेपालले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजन पत्रकार अरनव गोस्वामीले एउटा बहस कार्यक्रम चलाएका थिए। उक्त बहसमा अरनवले नेपाली पाहुनाहरूलाई आफ्नो कुरा राख्नै नदिई एकोहोरो नेपालको बदख्वाइँ गरेको भन्दै खुब आलोचना भएको थियो।

निम्तालु पाहुनाहरूलाई आफ्ना धारणा राख्ने मौका दिनुको सट्टा निरन्तर आफैं लेक्चर सुनाउने अरनवको पत्रकारिता शैली भारतभित्रै पनि आलोचित छ। उनका हरेक कार्यक्रम प्रसारणपछि त्यसमा सहभागी पाहुना र दर्शकहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

कतिपय पाहुना भने यस्ता पनि हुन्छन्, जसले अरनवसँगको ‘लाइभ’ कार्यक्रमकै बीचमा विभिन्न तरिकाले उनको शैलीप्रति असन्तुष्टि जाहेर गर्छन्।

यही क्रममा सोमबार एउटा भिडिओ भाइरल भयो, जसमा एक दक्षिण भारतीय अभिनेत्री अरनवको लाइभ कार्यक्रममा खाना खाँदै गरेको देखिइन्।

ती अभिनेत्री हुन्, कस्तुरी शंकर।

तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्मकी यी चर्चित अभिनेत्रीलाई अरनवले आइतबारको आफ्नो लाइभ बहसमा डाकेका थिए। बहसमा अरू पाहुना पनि थिए। तर, सधैंझैं कार्यक्रममा अधिकांश समय अरनव एक्लै बोलिरहे। पाहुनाहरूले आफ्नो धारणा राख्ने समय नै पाएनन्।

यसबीच अरनव एकोहोरो बोलिरहेका बेला कस्तुरी शंकर लाइभ कार्यक्रमकै बीचमा मज्जाले खाना खाइरहेको देखिइन्।
भारतको संस्थापन पक्षसँग निकट मानिने रिपब्लिक टिभीका सञ्चालक तथा पत्रकार गोस्वामीको उक्त कार्यक्रमको दृश्य तुरून्तै सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले अभिनेत्री कस्तुरी शंकरको उक्त कदमको प्रशंसा गरे। अरनवको एकात्मक शैलीमा सही ढंगले जवाफ दिएको भन्दै उनको तारिफ भयो।

भिडिओ भाइरल भएपछि अभिनेत्री कस्तुरीले सामाजिक सञ्जालबाटै आफ्नो प्रतिक्रिया दिएकी छन्। उनले लेखेकी छन्, ‘मैले ६० मिनेटसम्म अरनवको ‘हाइपरमोड’ हेरेर बिताएँ। उनी त्यसै पनि मलाई आफ्नो कुरा राख्न दिनेवाला थिएनन्। त्यसैले, मैले कार्यक्रम छाडेर खाना खाएँ। तर, मैले आफ्नो स्काइप बन्द गर्न बिर्सेछु। यसका लागि म क्षमा चाहन्छु। यसबाट कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन।’
यसअघि तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले पनि कार्यक्रमकै बीचमा अरनवको शैलीप्रति असन्तुष्टि जनाएकी थिइन्।

लाइभ बहसमा लगातार आफ्नो कुरा राख्ने कोशिस गर्दा पनि अरनवले बोल्नै नदिएपछि उनले माझी औंली देखाइदिएकी थिइन्। त्यति बेला पनि महुआको खुब प्रशंसा भएको थियो।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…