कतारमा : कोरोना कारण रोजगारी गुमाएकाहरुलाई पुनः रोजगारीको अवसर

काठमाडौं। कतारमा कोरोनाभाइरसको महामारीका कारण बेरोजगार भएका वा महामारीका कारण रोजगारी सम्झौता रद्द गरिएका आप्रवासी कामदारहरुका लागि पुनः रोजगारीको अवसर खुल्ला भएको छ ।

कतारको प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतार उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा पुनः रोजगारीको लागि विकल्प खुला गरेको हो ।

मन्त्रालयले पुनः रोजगारीका लागि कतार उद्योग बाणिज्य महासंघको वेबसाइटमा एउटा अनलाइन प्लेटफर्म सुरु गरेको छ जहाँ रोजगारी गुमाएका आप्रवासी कामदारहरुले आफ्नो विवरण भर्न सक्नेछन् ।

यहाँ भरिएका विवरणका आधारमा कतारका कम्पनीहरुले आफूलाई चाहिएको दक्षता भएका कामदारहरुलाई पुन सम्झौता गरेर काममा राख्न सक्नेछन् ।

यी विवरणका आधारमा कतारका जुनसुकै कम्पनीले जुनसुकै कामदारलाई पनि आफ्नो आवश्यकताका आधारमा अनुबन्ध गर्न सक्नेछन् । यसो हुँदा रोजगारी गुमाएका कामदारले पहिले काम गरिरहेको कम्पनीमा काम नभएको अवस्थामा उनीहरुलाई अर्को कम्पनीले लिन सक्नेछ ।

कामदारहरुले आफ्नो विवरण भर्दा आफ्नो कतार आइडी, पासपोर्ट, सीभी र आफैंले हस्ताक्षर गरेको काम गर्ने चाहना अभिव्यक्त गरिएको पत्र संलग्न गर्नुपर्नेछ ।

महामारीअघि कतारमा करिब साढे ३ लाख कामदार कार्यरत रहेको अनुमानित तथ्यांक भएकोमा कति बेरोजगार भए भन्ने यकिन तथ्यांक आइसकेको छैन ।

केही नेपाली भने नेपाल फर्किसकेका छन् र केहीले फर्किने इच्छा देखाएका छन् । यद्यपि पुनः रोजगारीको यो अवसरपछि भने फर्किन चाहेकाहरू नफर्किने सम्भावना पनि छ ।

कतारमा पुनः रोजगारीको लागि नाम दर्ता गराउन चाहनेले तलको लिंकमा क्लिक गरी त्यसपछि खुल्ने फाराम भरेर आवश्यत कागजात समेत अपलोड गर्नुपर्नेछ ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…