बाढीले सयौं विगाह खेतियोग्य जमिन कटान

सिन्धुली । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा सयौं विगाह खेतियोग्य जमिन कटान गरेको छ । मंगलबार बिहानैदेखि मरिणखोलामा आएको बाढीका कारण मरिण गाउँपालिका ५ स्थित बढिमुहानमा मात्र पचासौं विगाह धान खेत बाढीले कटान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनका अनुसार उक्त क्षेत्रमा रहेको मरिण पुलबाट पानी बस्तीतर्फ प्रवेश गरेको छ । ‘मरिण नदीमा पानीको बाहव अत्याधिक भएकाले त्यस क्षेत्रमा खेतियोग्य जमिन कटानसँगै बडीमुहान बजार नै जोखिममा परेको छ,’ उनले भने ।

बढीमुहान बजारमा मात्र एक सय पचासबढी घर तथा पसल छन् । तीमध्ये उच्च जोखिममा रहेका एक दर्जन बढी घरका मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको बम्जनले बताए ।

उता मरिण गाउँपालिका ७ को थामि बस्ती पहिरोको उच्च जोखिममा परेको छ । त्यहाँका आधा दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडा अध्यक्ष राजन थापाले बताए ।

यस्तै रोसी खोलामा आएको बाढीले सुनकोसी गाउँपालिका १ को दम्जा, नेपाल थोक क्षेत्रमा एक सय विगाह बढी धान खेत कटान गरेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बताइन् ।

उनले रोसीमा अत्याधिक ठूलो बाढी आएका कारण अन्य सयौं विगाह जमिन कटान र डुवान हुने खतरा बढेको जानकारी दिइन् ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…