पाएको मौका नगुमाउने चीन : इरानलाई काखी च्याप्द इजरायलका लागि यसरी हुनेछ जोखिम

इरानका शासकहरू अप्ठ्यारोमा परेको बेलामा चीनले यसलाई अवसरको रूपमा लिएको छ र त्यो भनेको इजरायलका लागि जोखिमको स्थिति हो ।

हालैका साताहरूमा इरानका विभिन्न स्थानमा विस्फोट तथा आगलागीका घटना भए जसले गर्दा धेरै संरचनाहरूमा क्षति पुग्यो । नातान्ज आणविक भट्टी र क्षेप्यास्त्र उत्पादन केन्द्रमा पनि क्षति पुगेको थियो ।

त्यही समयमा कोरोनाभाइरस महाव्याधिले इरानलाई निकै असर पार्‍यो र सरकारले त्यसको व्यवस्थापन राम्रोसँग गर्न सकेन ।

अनि अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानमा अद्वितीय आर्थिक तथा वित्तीय संकट आइलागेको छ । आ णविक सम्झौतापश्चात् ओबामा प्रशासनले इरानलाई नगद र विमानका रूपमा अर्बौं डलर नदिएको भए इरान अहिलेसम्ममा कंगाल भइसक्थ्यो ।

यसबाट निष्कर्ष निस्कन्छ  : इरानमा अहिले भित्र बाहिर दुवैतिर वि’स्फोट भइरहेको छ । यसले सत्तापरिवर्तन निम्त्याउला त ? शायद ।

इस्लामिक अधिकारीहरूसँग जनताको असन्तुष्टि चरममा छ । डेढ वर्षअघि इरानी सेनाले कू गर्न खोज्दा रिभोल्युसनरी गार्डले त्यसलाई परास्त गरेको हामीले बिर्सनुहुँदैन ।

यस्तो अवस्थामा इरानमा चीन प्रवेश गरेको छ । चीन अहिले संसारभरि आफ्नो प्रभाव र शक्ति फैलाउनका लागि बहुमुखी तथा दीर्घकालीन अभियानमा लागेको छ । तेल तथा ग्यासको प्रमुख स्रोतमा नि’यन्त्रण राखेको अनि ।

रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको देश इरान चीनका लागि अनुपम अवसर हो । चिनियाँहरूले पाएको मौका प्रायः गुमाउने गरेका छैनन् ।

चीन र इरानले २५ वर्षको रणनीतिक साझेदारी गर्न लागेका छन् । त्यो साझेदारी बनेमा चीनले छुट मूल्यमा असीमित इन्धन प्राप्त गर्नेछ भने इरानले व्यापक मात्रामा चिनियाँ संरचना र औद्योगिक लगानी प्राप्त गर्नेछ । त्यसो हुँदा इरान अहिलेको संकटबाट मुक्त हुनेछ ।

यो साझेदारीको असर अमेरिका, पश्चिम एसिया र इजरायलमा अवश्य पर्छ । ट्रम्प प्रशासनले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध बेअसर हुनेछ अनि अमेरिकी निर्वाचनमा जो बाइडन विजयी भएछन् भने त प्रतिबन्ध नै हटाइन सक्छ ।

त्यसपछि पश्चिम एसिया र खाडी मुलुकहरू इरानी साम्राज्यवादको जोखिममा पर्नेछन् । इराक, सिरिया र लेबनानदेखि भूमध्यसागरसम्मको उत्तरी शिया आर्कमा इरानले आफ्नो प्रभुत्व जमाउन गरिरहेको प्रयास अहिले कमजोर बनेको बेलामा चीनसँगको सम्झौताले त्यसमा प्राण भर्नेछ ।

अनि इजरायलको घा’तक शत्रु इरानको इस्लामिक सत्ता पुनः बलियो बन्नेछ । इरान पुनर्जागृत हुनु भनेको इजरायलको उत्तरी तथा दक्षिणी सीमामा हेज्बोल्लाह र हमास पुनः जीवन्त हुनु हो ।

अहिले इजरायलले चिनियाँहरूलाई फकाउन कोशिश गरिरहेको अवस्थामा पश्चिम एसियामा चीन र इरानबीच साझेदारी बन्दा नयाँ भूराजनीतिक प्रारूप बन्ने अवस्था देखिएको छ ।

एसिया टाइम्समा प्रकाशित डा नर्मन बेलीको विश्लेषण

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…