कोरोना विरुद्धको खोप परीक्षणमा सकारात्मक नतिजा, डब्लुएचओले गर्यो स्वागत

काठमाण्डाै । कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ ।

तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको खोप बनिरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको सकारात्मक परिणाम भए पनि भाइरस विरुद्ध लड्नका लागि अझै काम गर्न आवश्यक भएको बताउनुभएको हो ।

उहाँले जबसम्म खोपको पूर्ण सफलता मिल्दैन तबसम्म जीवन बचाउन आवश्यक रहेको बताउनुभयो । कोभिड–१९ विरुद्धको खोप विकासमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हात पारेको छ ।

खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टीबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने देखिएको छ । बेलायतले यसअघि नै यो खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

विश्वमा कोरोना भाइरसबाट एक करोड ४८ लाख बढीमा सङ्क्रमण हुँदा ६ लाख १३ हजारभन्दा धेरैको ज्यान गएको छ । ८८ लाख भन्दा धेरै उपचारपछि निको भएका छन् ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…