मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्यो : नेपालमा वर्षा झनै बढ्ने, सचेत रहन सबैमा आग्रह

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको मौसमविद्ले बताएका छन् । यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन देशभर वर्षा व्यापक हुने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । यो जानकारी जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै विज्ञप्ति जारी दिएको थियो ।

शनिबार रातिदेखि नै नेपालमा निरन्तर वर्षा भइरहेको छ । अब झन् वर्षा बढ्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, २, बागमती, ५ नम्बर, गण्डकी प्रदेशका केही स्थान र सुदूरपश्चिम र कर्णालीका एक वा दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहनेछ भने भारी वर्षा अझ धेरै ठाउँमा हुने सम्भावना छ ।

बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र गण्डकी र सुदूरपश्चिमका केही स्थान साथै कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी दिँदै भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै प्रदेश ५, सुदस्रपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…