बेसारमा भाइरस नष्ट गर्नसक्ने क्षमता रहेको चिनियाँ वैज्ञानिकहरुको अनुसन्धानले पुष्टि गर्‍यो

काठमाडौं। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमणबाट बच्न बेसार उपयोगी हुने सुझाव दिए । यो विषयले निकै चर्चा पायो । वैज्ञानिक पुष्टिबिना प्रधानमन्त्रीले हचुवाको भरमा यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना पनि भयो ।

सामाजिक संजालमा यस विषयमा ट्रोल पनि बनाइए । आलोचना भएपछि प्रधानमन्त्रीले आफूले रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा बेसार प्रयोग गर्न सुझाव दिएको सफाइ दिए ।

अहिले भने प्रधानमन्त्रीको यो दावी वैज्ञानिक रुपमा पुष्टि भएको छ । चीनका वैज्ञानिकले बेसार कैयौं किसिमका भाइरस नियन्त्रण गर्न प्रभावकारी हुने एक अनुसन्धानपछि पुष्टि गरेका छन् ।

चीनको वुहान वुहान युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ । यो शोधपत्र जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित गरिएको छ ।

अनुसन्धानमा बेसारमा पाइने प्राकृतिक यौगिक कक्र्युमिन भाइरस नियन्त्रणमा सक्षम भएको देखिएको हो । वैज्ञानिकहरुले एक प्रकारको अल्फा कोरोनाभाइरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी)मा यसको परीक्षण गरेका थिए । टीजीइभी अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने भाइरस हो ।

‘उदाउँदो कोरोनाभाइरसले विश्वव्यापी रुपमा मानव र पशु स्वास्थ्यमा देखिएको गम्भीर खतरालाई प्रतिनिधित्व गर्छ र अहिलेसम्म कुनै आधिकारिक उपचार उपलब्ध छैन ।

यहाँ हामीले ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी) लाई अल्फा कोरोनाभाइरस मोडलको रुपमा य्रयोग गर्यौं र टीजीइभीविरुद्ध कक्र्युमिनको एन्टिभाइरल गुणहरुको परीक्षण गर्यौं ।

हाम्रो परीक्षणले देखायो कि निश्चित डोजमा आधारित रहेर कक्र्युमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई बलियोसँग रोक्यो ।

हामीले यो पनि अवलोकन गर्यौं कि कक्र्युमिनले डोज, तापक्रम, र समयमा आधारित रहेर प्रत्यक्ष भाइरसविरोधी क्षमता पनि देखायो’ अनुसन्धानकर्ताले शोधपत्रमा लेखेका छन् ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…