हाम्रो पहलले मात्र पुगेन, अब ओलीसँग मिल्नुको विकल्प छैन : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्। सोमबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीसँग सहमति गरेर मात्रै अगाडी बढ्न सक्ने निष्कर्ष निकालेका हुन्।

ओलीसँग पटक-पटक ‘वान टु वान’ वार्ता गर्दा पनि कुनै सहमति हुन नसकेपछि प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङ गरेका थिए। प्रचण्डले कुनै एउटा पद छाड्नका लागि आफुसहितका शीर्ष नेताहरुसँग पटक-पटक आग्रह गर्दा पनि तयणर नभएकाले अब ओलीले नै विवाद समाधान खोज्नुपर्ने जोड दिए बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

ओलीलाई विधिसम्मत हटाउने प्रकक्रिया अघि बढाउँदा पार्टीमा विभाजन आउने र दुर्घटना निम्त्याउने खतरा देखिएकाले आम कार्यकर्ताको भावना अनुकुल पार्टी एकतालाई बचाउनका लागि आफुहरु लचिलो हुन बाध्य भएको प्रचण्डले बैठकमा बताएका थिए। नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी थिए।

बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिएका थिए। त्यस्तै अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी एकता बचाउनुपर्नेमा जोड दिएका थिए। ‘पार्टी एकता बचाउन नसकिए हाम्रो एजेण्डा अलपत्र हुन्छ’ उनले अन्नपूर्ण अनलाइनसँग भने ‘पार्टी मात्रै नयाँ भयो। हामी पूरानै तरीकाले चल्यौं।’

‘हामीले पहल गरिरहेका छौं। हाम्रो पहलले मात्र पुगेन। अब प्रधानमन्त्रीलाई नै पहल लिनुस् भनेका छौं। अब कसरी समस्याको समाधान गर्ने र समाधान दिनुस् भन्नुपर्छ। त्यसका लागि हामीले ओलीलाई सहयोग गर्नुपर्छ। प्रधानमन्त्री र एक नम्बरको अध्यक्ष ओली भएकाले ओलीले नै पहल लिनुपर्यो। हामीले कोसिस त गर्यौ तर समाधान भएन’ प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले अन्‍नपूर्ण अनलाइनसँग भने।

साउन ३ गतेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने र सबै कुरा त्यही टुंगो लगाउने प्रस्ताव ओलीले राखेपछि मोटामोटी त्यसमै समझदारी भएको थियो।

शीर्ष तहमा चर्किएको कलहको टुंगो लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ। यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन्।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…