कतारमा रहेका नेपाली कामदारको प्रश्‍न : सरकार हामी कहिले स्वदेश फर्किन पाइन्छ ?

काठमाडौँ । ठूलो संख्यामा खाडी देशमा अलपत्र परेका कामदारलाई समयमै स्वदेश ल्याउने प्रक्रिया नथालिँदा खान बस्नकै समस्या हुने कामदारहरुको संख्या बढ्दै गएको छ । परराष्ट्र मन्त्रालयले समयमै पहल नचाल्दा आफ्नै खर्चमा विमान चार्टर गर्न तयार भएका कम्पनीहरुले पनि कामदारहरु पठाउन सकिरहेका छैनन् ।

कामबाट निकालिएका र रोजगारदाता नै सम्र्पकमा नभएर बेखर्ची बनेका कामदार न त आफ्नै पैसामा स्वदेश फर्किन सक्ने अवस्थामा न त उनीहरुलाई दूतावासले नै समन्वय गरेर अप्ठ्यारो फुकाइदिने काम गरेको छ ।

कतारमा अलपत्र परेका एक कामदारले टेलिफोन कुराकानीमा आफूहरुको ३ महिनादेखि कामविहीन भएको र आफ्नो समस्याबारे दूतावासले कुनै सुनवाइ नगरेको बताए ।

ती कामदारले आफूले काम गरेको बेलाको तलब पनि कम्पनीले नदिएको र दूतावासले तलब दिलाइदिन र आफूहरुको उद्धार गरिदिन कुनै पहल गरेको बताए । ती कामदारले भने, ‘हिजोआज त दूतावासले न हाम्रो फोन नै उठाउन छाडिसक्यो ।’

नरेशबहादुर भण्डारी, यज्ञबहादुर खड्का र लिनबहादुर भण्डारीले जेठ ३२ गते दूतावासमा लिखित निवेदन दिएर आफूहरुको उद्धार गरिदिन अनुरोध गरेको देखिन्छ । उनीहरुले आफूहरु काम गर्ने होटल बन्द भएको, साहु सम्पर्कबाहिर रहेकाले तीन महिनादेखि सँगै काम गर्ने अन्य तीन बंगालादेशी कामदारसहित ६ जना एउटै कोठामा बसिरहेको उल्लेख छ ।

कान्तिपुरको सम्र्पकमा आएका उनीहरुले ५ महिनायता आफूहरुले काम गर्ने हनाई रेस्टुरेन्टबाट कुनै तलब पनि नपाएको र एकाध पटक दूतावासले दिएको राहत खाद्यान्नकै भरमा गुजारा गरिरहेको बताए ।

उनीहरुले पछिल्लो समय दूतावासले आफूहरुको फोन नै उठाउन छाडेको गुनासो सुनाए । एक कामदारले भने, ‘हिजोआज त दूतावासले फोन नै उठाउन छोडिसकेको छ ।’

कान्तिपुरसँगको कुराकानीमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले प्राथमिकताका आधारमा कामदार नेपाल फर्काउने क्रम जारी रहेको र अहिले पनि तीन/चार महिनाअघि नै निवेदन दिएकै कामदार पठाउन नसकिएको बताए । उनले नेपालबाट आउने न्यारो बडीका विमानले एक पटकका एक सय ५० मात्रै यात्रु लैजाने र पछिल्लो १० दिनमा ६ वटा मात्रै उडान भएकाले धेरैलाई स्वदेश पठाउन नसकिएको बताए ।

राजदूत भारद्वाजका अनुसार अहिले कतारस्थित नेपाली दूतावासमा स्वदेश फर्किन चाहने झण्डै १२ हजारको निवेदन परेको छ । कतिपय कम्पनीले आफ्नै खर्चमा चार्टर विमानबाट कामदारहरु नेपाल पठाउन तयार भएको बताए पनि नेपाल सरकारबाट अनुमति नपाउँदा त्यो सम्भव नभइरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म ६ वटा कम्पनीले चार्टर विमानबाट त्यहाँ कार्यरत नेपाली कामदारलाई नेपाल पुऱ्याउन तयार छु भनेर निवेदन दिएका छन् । ती कम्पनीले झण्डै ३२ सय कामार लैजाने देखिन्छ ।’

उनले आफूहरुले अनुमान गरेभन्दा ठूलो संख्यामा नेपाली कामदारहरु स्वदेश फर्किन तयार भएकाले पनि सबैलाई समयमा पठाउन नसकिएको बताए । उनले भने, ‘कोरोनाको प्रभाव घटे पनि सबै कम्पनीहरु सञ्चालनमा आएका छैनन् । त्यसैले ठूलो संख्यामा कामदारहरुलाई घर पठाउनुपर्ने देखिन्छ ।’

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…