दोहा । कतारमा कोरोना संक्रमण न्यून हुँदै गएको छ । आइतबार ३४० नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ६ सय ४८ पुगेको छ ।
आइतबार ३५४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ३ हजार ३ सय ७७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाको कारण १५७ जनाले मृ’त्यु भएको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन ।
कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृ’त्यु भएको बताईएको छ ।
कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
चर्को घाममा काम लगाउने थप ३३ कम्पनीलाई का’रवाही
कतारका दिउँसोकाे घाममा काम लगाउने थप ३३ कम्पनी का’रवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू का’रवाहीमा परेका हुन् ।
मन्त्रालयले जुलाई ५ देखि १६ तारिख सम्म निरीक्षण ३३ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि १४० वटा कम्पनीलाई कारवाही गरिएको मन्त्रालयले जनाएको छ । कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।
का’रवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।