यूएईले सुरुगर्यो मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियान, जापानबाट छोडियो उपग्रह

संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ ।

होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ ।

खराब मौसका कारण यो अभियानलाई दुई पटक रोक्नुपरेको थियो ।

होप उपग्रहलाई फेब्रुअरी २०२१ सम्म मंगलमा पुग्ने सम्भावना छ । यो मिति यसकारण पनि महत्वपूर्ण छ किनभने त्यतिबेला संयुक्त अरब इमिरेट्सको गठनको ५० औं वर्षागाँठ पनि छ ।

यूएईको यो अन्तरिक्ष अभियान मंगल ग्रहका लागि यो महिना सुरु हुने अभियानमध्ये एक हो ।

अमेरिका र चीनले पनि मंगल ग्रहका लागि आफ्नो नयाँ अभियानको सुरुवात गर्दैछ ।

मंगलग्रहमा किन जाँदैछ यूएई ?

अन्तरिक्ष यानको उत्पादन र डिजाइनिङको अनुभव संयुक्त अरब इमिरेट्ससँग निकै कम अनुभव छ ।

तर यति हुँदाहुँदै पनि यूएई त्यो कोसिस गर्ने कोसिस गर्दैछ जुन अहिलेसम्म अमेरिका, रुस, युरोपले मात्रै गर्न सफल भएको छ ।

तर यसले संयुक्त अरब इमिरेट्सको महत्वाकांक्षा बयान गर्छ र उनीहरु यो चुनौतीका लागि तयार भएको बताउँछन् ।

अमेरिकी विशेषज्ञको निगरानीमा यूएईका इन्जिनियरले ६ वर्षको मिहिनेतपछि एक परिष्कृत उपग्रह तयार गरेका छन् ।

र जब यो मंगलमा पुग्नेछ तब यसले विज्ञानलाई नयाँ सूचना र मंगलको वातावरणबारे ताजा जानकारी सार्वजनिक हुने आशा गरिएको छ ।

विशेषगरी वैज्ञानिकलाई लाग्छ कि यो ‘होप’ मिशनले मंगलमा हावा । पानी देखिनँ किन बन्द भयो भनेर सायद पत्ता लगाउन मद्दत गर्नेछ ।

‘होप’ मिशनलाई अरब जगतमा प्रेरणाको एउटा ठूलो स्रोतको रुपमा हेरिएको छ ।

यसले संयुक्त अरब इमिरेट्सका युवावर्ग र अरब दुनियाँका बच्चाहरुलाई विज्ञानप्रति रुझान बढाउने आशा गरिएको छ ।

यूएईको सरकार देशको अर्थव्यवस्थाको निर्भरता तेल र ग्यासबाट हटाएर भविष्यमा ज्ञानमा आधारित अर्थव्यवस्था तर्फ लैजान चाहन्छ ।

तर सधैं झैं जब कुरा मंगल ग्रहको आउँछ तब यसको जोखि पनि अत्यधिक हुन्छ । रातो ग्रहमा पठाइएको अहिलेसम्मको सबै अभियानमध्ये आधा असफल रहेका छन् ।

होप मिशनको प्रोजेक्ट निर्देशक ओमरान शराफलाई यो खतराबारे थाहा छ तर उनले आफ्नो देश सही दिशामा अघि बढ्ने कोसिस गरिरहेको कुरामा जोड दिएका छन् ।

उनले बीबीसी न्यूजसँग भने, ‘यो एक अनुसन्धान र डेभलपमेन्ट मिसन हो, यसमा असफलता पनि पाइन्छ । यद्यपि, एक राष्ट्रको रुपमा सफलता हात पार्न असफल हुनु कुनै विकल्प हुँदैन । यूएई यो मिशनमार्फत् जो क्षमता हासिल गर्ने वाला छ र यो देशमा जुन ज्ञान आउनेछ, यही कुरा सबैभन्दा धेरै महत्वपूर्ण राख्छ ।’ स्रोतः बीबीसी

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…