ठाेरीमा भारतीयद्वारा ढलाईएको सीमा स्तम्भ फेरि गाडियो

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका–२ स्थित सीता गुफाको शिरमा रहेको पिलर (सीमा स्तम्भ) फेरि सोही स्थानमा गाडिएको छ । शनिबार दिउँसो पुरानो ठूलो पिलर नम्बर ४३६ ढलेको अवस्थामा फेला परेको थियो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले शनिबार दिउँसो ढलेको अवस्थामा फेला परेको पिलर पुन: यथास्थितिमै गाडिएको बताए ।

सीता गुफाको शिरमा रहेको पिलर ढलेको अवस्थामा फेला परेपछि ठोरीवासीले विरोध गरेका थिए । भारतीय सीमा सुरक्षा बल, ठोरी गाउँपालिका अध्यक्ष र सुरक्षा निकायले निर्णय गरेपछि यथास्थितीमै पिलर गाडिएको हो ।

‘भारततिरको दशगजामा यथास्थिति भन्दा ५ मिटरको दूरीमा पिलर ढलेको अवस्थामा थियो,’सशस्त्र प्रहरी निरीक्षक दाहालले कान्तिपुरसँग भने, ‘सबै पक्षको सहमतिमा पुरानै ठाउँमा शनिबार राति ९ बजेतिर गाडियो ।’

ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले दुवै देशका सुरक्षा निकायको रोहबरमा ढलेको पिलर यथास्थितिमा गाडिएको बताए । प्रधानमन्त्रीको केपी शर्मा ओलीको भगवान रामबारेको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीतागुफा परिसरमा शनिबार स्थानीयले विशेष पूजा अर्चना गरेका थिए । ठोरीको सीता गुफा, वनशक्ति मन्दिर, कृष्ण मन्दिरलगायतका शक्तिपीठहरुमा स्थानीयले पूजा गरेका हुन् ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…