चीनविरुद्ध इतिहासमै सबैभन्दा कठोर निर्णय लिंदै अमेरिका, सम्बन्ध झने बिग्रिने निश्चित

काठमाडौं। अमेरिकाले चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । दुवै देशबीच बिग्रिँदै गएको सम्बन्धमा बीच यदि अमेरिकाले यात्रा प्रतिबन्ध लगाएमा सम्बन्ध झने बिग्रिने निश्चित छ ।

एक सूत्रले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार अमेरिकाका शीर्ष अधिकारीहरु राष्ट्रपतिको सम्भावित आदेशको लागि यसको ड्राफ्ट तयार गर्न जुटेका छन् । यद्यपि यो अहिले सुरुवाती दौरमै छ र यसलाई राष्ट्रपति ट्रम्पसमक्ष पेश गरिएको छैन ।

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यको संख्या करिब ९ करोड छ । यदि यी सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाइयो भने यो अमेरिकाको चीनविरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हुनेछ । यस्तो स्थितिमा चीन प्रतिवाद गर्न बाध्य हुनेछ ।

बदलामा चीनले पनि अमेरिकी नागरिक खासगरी कूटनीतिज्ञ र व्यापारीहरुलाई चीन यात्रामा प्रतिबन्ध लगाउने सम्भावना उच्च हुनेछ । यसले चीन–अमेरिका दुवै देशको हितलाई चोट पुग्न सक्छ ।

अहिले स्थिति यस्तो छ कि अमेरिकी एजेन्सीका अधिकारीहरु अमेरिकाका विश्वविद्यालयहरुमा चीनको कम्युनिस्ट पार्टीका सदस्यका छोराछोरीलाई प्रतिबन्ध लगाउने विषयमा पनि विचार गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचन अभियानका क्रममा चीनप्रति कठोर नीति प्रदर्शन गर्नको लागि ट्रम्पका सहयोगीहरु यस्ता सम्भावनामा विचार गरिरहेका छन् । चीनविरोधी एजेण्डा उठाउँदा राष्ट्रपति ट्रम्पले अर्को कार्यकालको लागि निर्वाचन जित्न सक्ने उनका सहयोगीको बुझाइ छ ।

कोरोनाभाइरसका कारण विश्वका दुई ठूला अर्थव्यवस्थाबीच टकरावको स्थिति छ । यही बीचमा अमेरिकाले प्रतिबन्धको तयारी गरेपछि चीनले तत्कालै यस विषयमा प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनेका छन् कि कम्युनिस्ट पार्टीका सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय आधारहीन हुनेछ । यसको अर्थ अमेरिका चीनको पूरै जनसंख्याविरुद्ध उभिएको बुझिने बताउँदै उनले कुनै पनि देश वा व्यक्तिले चीनलाई आफ्नो बाटोबाट रोक्न नसक्ने बताएका छन् ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…