आजाद कश्मिरमा पाकिस्तान र चीन मिलेर बनाउँदै विशाल बाँध, भारतले दियो यस्तो चेतावनी

लद्दाख । सिक्किम र अरुणाचल प्रदेशपछि भारत र चीनबीचको विवादको नयाँ केन्द्र पाकिस्तान अधीनस्थ कश्मीर बन्न सक्ने देखिएको छ ।

गिल्गिट–बाल्टिस्तान क्षेत्रमा चीनले पाकिस्तानका लागि दियामेर–बाशा बाँध बनाउन शुरू गरेको छ । भारतले कडा विरोध गरेको भए पनि चीनले यो बाँध निर्माण शुरू गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीवार बाँधको निर्माण कार्यको शुभारम्भ गरेका छन् ।

चीन विगत ५० वर्षदेखि यो बाँध बनाउन खोजिरहेको थियो तर सकिरहेको थिएन । बाँध सन् २०२८ सम्ममा यो पूरा हुनेछ र यसको लागत लगभग ८ अर्ब डलर हुनेछ ।

बाँध बनेपछि ४५ सय मेगावाट बिजुली निर्माण हुनेछ ।

चीनले यो बाँध चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत बनाइरहेको हो । गिल्गिट बाल्टिस्तान क्षेत्र हुँदै यो कोरिडोर जान्छ ।

पूरा प्रोजेक्टको ७० प्रतिशत खर्च चीनको सरकारी कम्पनी चाइना पावरले गरेको छ । अनि ३० प्रतिशत खर्च चाहिँ पाकिस्तानी सेनाको व्यावसायिक इकाइ फ्रन्टियर वर्क्स अर्गनाइजेसनले गर्नेछ ।

चीनले विगत दुई महिनामा पाकिस्तानसँग दुई सम्झौतामा हस्ताक्षर गरेको छ । त्यसअन्तर्गत उसले पाकिस्तान अधीनस्थ कश्मीरमा ४ अर्ब डलर लगानी गर्नेछ । चीनले त्यहाँ १८ सय मेगावाट जलविद्युत् परियोजना विकसित गर्ने भएको छ ।

अमेरिकाको विल्सन सेन्टरको एसिया मामिलाका उपनिर्देशक माइकल कुगलम्यानका अनुसार, चीनको यो कदम भारतका लागि ठूलो झड्का हो । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई यसले झनै बिगार्नेछ ।

भारतले आफ्नो भनि दावी गर्ने क्षेत्रमा पाकिस्तानले यस कारण पनि चिनियाँ लगानीमा बाँध बनाउन  चाहन्छ ताकी भविश्यमा भारतले कुनै हानी पुर्याउन नसकोस्।  दियामेर–बाशा ड्यामबाट करिव ५० हजार मेगावाट भन्दा धेरै विद्युत उत्पादन गर्नसक्ने क्षेमता हुने विश्वास गरिएको छ । पाकिस्तानलाई उर्जामा आत्मनिर्भर बनाउन यस ड्यामले महत्वपूर्ण भूमिका निभाउने छ।

तिबतबाट सुरु भएर भारतीय स्वसासित क्षेत्र हुँदै पाकिस्तान सम्म पुगेको सिन्धु नदीनदिमा  पाकिस्तानले बाँध बनाएको भारतलाई मन परेको छैन। पाकिस्तानले भारतको चेतावनीलाई बेवास्ता गरे भारतले आफ्नो भूमीमा उस्तै क्षेमता भएका धेरै बाँध बनाइदिने धम्की समेत दिएको छ। यद्यपि भारतको यो चेतावनी भने दुइ देश विच भएको सिंदु नदी जल सम्झौता विपरित हुनेछ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…