पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमितको भोक हडताल !

३ साउन, सुर्खेत । पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् ।

१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढका भन्छन्, ‘संघीय सरकारको प्रोटेाकलअनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको हो ।’

सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे-नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् ।

पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले दिनभर खाना समेत खाएका छैनन् । आइसोलेसन व्यवस्थापनले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै छाडेका छन् ।

पीसीआर परीक्षण नगराएर घर पठाउँदा समाजमा घुुलमिल हुन आफूहरूलाई समस्या हुने भन्दै उनीहरूले पुनः परीक्षण गर्नुपर्ने अडान लिएका छन् ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…