नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ

भारतको वाराणसीमा नेपाली युवकको कपाल मुण्डन गरेर टाउकामा ‘जय श्रीराम’ लेखेको आरोपमा भारतीय प्रहरीले चार जनालाई प\क्राउ गरेको छ।

यस घटनामा वाराणसीको भेलुपुर प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।

वाराणसीका वरिष्ठ प्रहरी अधिक्षक अमित पाठकले यस मामिलामा प्रहरीले तुरुन्त कारबाही थालेको बीबीसीसँग बताएका छन् ।

पाठकले भने, ‘सामाजिक सञ्जालबाट घटना जानकारी पायौं । त्यसपछि हामीले तुरुन्त सम्बन्धित धाराबमोजिम एफआइआर दर्ता गरायौं । चार जनालाई गि’रफ्तार गरेका छौं, जो भिडियो (नेपालीको कपाल मुण्डन) बनाउने व्यक्ति हुन् । प्राप्त जानकारीअनुसार अरुण पाठक नाम गरेका व्यक्तिले त्यस्तो भिडियो बनाए र सामाजिक सञ्जालमा हाले । उसलाई पनि चाँडै पक्राउ गरिनेछ ।’

घटना के हो ?

वाराणसीमा बस्ने नेपाली नागरिकलाई केही व्यक्तिले बुधबार गंगा नदीको किनारमा जबर्जस्ती कपाल मुण्डन गरिदिए । त्यति मात्र होइन, ती नेपाली युवकको टाउकामा नेपाली प्रधानमन्त्री ‘मु’र्दावाद’ जस्ता नारा पनि लगाए । साथै उनीहरूले त्यसको भिडियो बनाए ।

त्यसपछि हिन्दू सेना नामको एक संगठनले त्यो भिडियो सामाजिक सञ्जालमा राख्यो । र, नेपालका प्रधानमन्त्रीले अयोध्या नेपालमा छ भनेर दिएको अभिव्यक्तिविरुद्ध चेतावनी पनि दियो ।

साथै बनारसमा बस्ने नेपालीलाई पनि नेपालका प्रधानमन्त्रीले बारम्बार यस्ता अभव्यक्ति दिएका खण्डमा परिणाम राम्रो नहुने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यही घटनामा सन्तोष पाण्डेय, अमित दुबे, आशिष मिश्रा र राजु यादवलाई पक्राउ गरिएको एसएसपी अमित पाठकले जानकारी दिएका छन् । उनीहरूविरुद्ध भेलुपुर प्रहरी चौकीमा आइपिसीको धारा ५०५ (२) र २९५ तथा आइटी एक्टअनुसार मुद्दा हालिएको छ । तर मुख्य अभियुक्त अरुण पाठक भने अहिलेसम्म फरार छन् । बिबिसी हिन्दीबाट

भर्खरै प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले फरार अभियुक्तलाई माला र अबीर लगाइदिएर पार्टीमा…

राजविराज । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले मंगलबार फरार सूचीमा रहेका एक जनालाई फूलमाला र अबीर लगाइदिएर पार्टीमा भित्र्याएका छन् । वि’स्फोटक…

भोलिदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाइने, कुनै समस्या देखाए पनि क्षतिपूर्ति…

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११…

अचम्मका ट्रम्प : गृहराज्य फ्लोरिडामा स्थापना गरे ‘पूर्वराष्ट्रपतिको कार्यालय’

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका…

लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई स्वर्गको ‘नन्दन वन’ जस्तै बासनादार बनाउँछौ…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रलाई ‘स्वर्गको नन्दन बन’ जस्तै सुन्दर बनाउने बताएका छन्। सोमबार दाङको लालमटियामा आयोजित सभालाई सम्बोधन गर्दै…

‘हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज’ प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा…

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख…