केपी ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, क्लव बनाएर आलोचना गर्नेभए पुरानै पार्टीमा फर्के भयो : बास्कोटा

काठमाडौं, साउन ३ । नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रका असन्तुष्ट नेताहरुलाई क्बल बनाएर आलोचना नगर्न चेतावनी दिएका छन् ।

उनले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई धेरै कचकच गर्दै बस्नुभन्दा अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई निकाल्न चुनौतीसमेत दिएका छन् ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्र्दै उनले तथ्यमा उभिएर खण्डन र विरोध गर्न असन्तुष्ट पक्षका नेताहरुलाई सझुाव दिए ।

कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउदै उनले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ नभएको बताए ।

केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको तर्क गरे ।

उनले भने, “हटाउन नै खोजेको भने आधिकारीक निकायबाट प्रक्रिया अगाडी बढाए भो नी, अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।”

नेकपामा रहेका सवै शिर्ष नेताहरु लामो समयदेखि नेतृत्वमा रहेकाले कस्को क्षमता कति छ कस्ले देशका लागि कती गर्न सके भन्ने कुरा छर्लङ्ग रहेको बताउदै उनले कसैलाई ठूला कुरा नगर्न चेतावनी पनि दिए सचिवालयको काम संख्या गन्ने मात्रै भएको टिप्पणी गर्दै उनले जे गर्नु पर्ने हो त्यो नगरेर गर्नु नपर्ने कुरामा अल्मलीएको बताए ।

कुण्ठा मात्रै पोखेर फजुल कुरा गरेर राष्ट्रिय दायित्वलाई ओझेल नपार्न आग्रह गर्दै उनले कार्यकर्ताहरुलाई दन्त बझान गराउन र पाखुरा सुर्कन लगाएर समाधान नहुने तर्क गरे।

नेता बास्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी पनि गरे । उनले सरकारले सवै ठाउँमा काम गरिरहेको बताउदै हरेक निर्वाचन क्षेत्र र गाउँ गाउँमा गएर हेर्न सुझाव दिए ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…