नेपाली नगएपछि भारत सीमावर्ती बजार रुपैडिहा सुनसान, झिँगा धपाएर बस्दै भारतीय व्यापारी

बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो ।

नेपालगञ्ज–१० का गणेश शर्मा भन्छन्, ‘कोरोना महामारीको आमनेपाली उपभोक्तालाई फाइदा पनि भएको छ । यसले नेपालीलाई आत्मनिर्भर र स्वदेशी वस्तुको गुणवत्ता चिन्ने अवसर पनि दिएको छ ।’

रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्य प्रायः छ । आपत्कालीन अवस्थाका बिरामीको ओखती खरिदका लागिमात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

नून, तेलसमेत किन्न भारतीय बजार जान लालायित हुने नेपाली उपभोक्तालाई कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न पनि सिकाएको नेपालगञ्जका व्यापारी देवीप्रसाद पौडेलको अनुभव छ ।

सामान्य अवस्थामा बाँकेका हजारौँ उपभोक्ताले दिनहुँ रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान खरिद गर्न जाने अवस्थाको अन्त्य कोरोनाको महामारीले गरेको छ ।

अर्कोतर्फ, बन्दाबन्दीको झण्डै एक महिनाअघि नेपालगञ्जमा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटले पनि यहाँका उपभोक्तालाई सहज बनाएको छ भने रुपैडिहा प्रतिको मोह पनि धेरै घटाएको पाइन्छ ।

‘रुपैडिहा बजारभन्दा भाटभटेनीमै सस्तो पाइँदो रहेछ, फेरि जे खोज्यो त्यही सामान एकै ठाउँमा पाउने भएपछि अब सीमापारि गइरहनु नै परेन्’, नेपालगञ्जकी गृहिणी आरती थापाको भनाइ छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्छन्, ‘बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगञ्जका बजारमा अझ सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ ।’

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको पछिल्लो तथ्याङ्कअनुसार, कोरोना महामारी पछिको भारतीय सीमानाका बन्द हुँदा रुपैडिहा बजारमा व्यय हुने करीब रु पाँच करोड रकम स्वदेशमै खर्च भएको छ ।

यसैगरी, चर्को घाम तथा समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा काँचिएर, कस्टम र एसएसबीको हेपाइ सहनुपर्ने नियतिको पनि अन्त्य भएको बौद्धिक उपभोक्ताहरुको बुझाइ छ ।

भर्खरै प्रकाशित

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…

चीन जिम्मेवार देखिएन, यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैन…

काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार…

उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर, मासिक तलव…

काठमाडौँ।  मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् । उदयपुरस्थित…

करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो…

केपी ओलीले लडाइँ हारिसके अब भित्तामा पुर्‍याइदिन्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा…