घरमै आईसोलेशनमा बसेका ऐश्वर्या र उनकी छोरी आराध्या अस्पताल भर्ना गरियो

नयाँ दिल्ली । कोरोना संक्रमण भएको पाँच दिनपछि चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्य अस्पताल भर्ना भएका छन् । उनीहरु आज साँझ नानाभाटी अस्पतालमा भर्ना भएका हुन् ।

गत जुलाई ११ तारिखमा बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन पनि कोरोनाको संक्रमण देखिएपछि नानाभाटी अस्पताल भर्ना भएका हुन् ।

गत आईतबार ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोनाको संक्रमण देखिएको थियो । तर, उनीहरुमा कोरोनाको लक्षण त्यति नदेखिएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका खबरहरु भारतीय सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका थिए ।

आज भने ऐश्वर्या र उनकी छोरी आराध्यामा कोभिडको माईल्ड सिम्टम्स देखिएपछि उनीहरु दुवै जना नानाभाटी अस्पतालमा उपचारको लागि भर्ना भएका हुन् ।

अस्प्तालले ऐश्वर्या र आराध्या दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचार पनि सुरु गरिसकिएको जनाएको छ । ऐश्वर्याका ससुरा अमिताभ र श्रीमान अभिषेक भने जुलाई ११ तारिखदेखि नै अस्पतालमा भर्ना भएर बसेका छन् । अमिताभकी श्रीमती जयालाई भने कोरोना संक्रमण भएको छैन् । उनको टेष्ट नेगेटिभ आएको छ । एजेन्सी

भर्खरै प्रकाशित

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…

न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व…

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज…

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार…

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने…