चीनले अमेरिकाको हतियार कम्पनी लकहीड मार्टिनमाथि प्रतिबन्ध लगायो

चीनको परराष्ट्र मन्त्रालयले अमेरिकाको एयरोस्पेस तथा रक्षा ठेक्का कम्पनी लकहीड मार्टिनमाथि प्रतिबन्ध लगाउने घोषणा मंगलवार गरेको छ । उक्त कम्पनीले ताइवानलाई अत्याधुनिक हतियार बेचेकाले चीनले प्रतिबन्ध लगाउने भएको हो ।

‘ताइवान क्षेत्रलाई अमेरिकी हतियार बेच्ने कामलाई चीनले कडा विरोध गर्छ र अमेरिकालाई एक चीन नीति पालन गर्न तथा दुई देशबीचका तीनवटा संयुक्त वक्तव्यमा अडिग रहन आह्वान गर्छ,’ चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त झाओ लिजियानले नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

‘अमेरिकाले ताइवान क्षेत्रमा ह तियार का रोबार सहित सैन्य सम्पर्क राख्न ब न्द गर्नुपर्छ ताकि चीन र अमेरिकाबीचको सम्बन्धमा थप क्षति नपुगोस् अनि ताइवान जलप्रपातमा शान्ति र स्थिरता कायम रहन सकोस्,’ उनले भने ।

राष्ट्रिय सुरक्षा कायम गर्नका लागि चीनले लकहीड मार्टिनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको झाओले बताए ।

चीन सागरमा दुई अमेरिकी विमानवाहक जहाजले गरे दोहोरो अभ्यास

चीन सागरमा अमेरिकी जलसेनाका दुई विमानवाहक यु’द्धपोतहरूले दुर्लभ दोहोरो अभ्यास पुनः शुरू गरेका छन् । यस महिनामा उनीहरूले अभ्यास गरेको यो दोस्रो अवसर हो ।

यूएसएस रोनाल्ड र यूएसएस निमिट्ज क्यारियर स्ट्राइक ग्रूपहरूमा १२ हजार भन्दा बढी अमेरिकी सैनिक छन् । त्यसमा दुई विमानवाहक यु’द्धपोत र तीसँगै क्रुजर र डिस्ट्रोयरहरू छन् । शुक्रवार उनीहरू दक्षिण चीन सागरमा काम गरिरहेको यूएस प्यासिफिक फ्लीटले बयान जारी गरेर जनायो ।

यी दुई यु’द्धपोतमा १२० भन्दा बढी विमान छन् र यिनले रणनीतिक हवाई सुरक्षा अभ्यास गर्दै यु’द्धका लागि तयारी अवस्थामा आफूलाई राखेका छन्, बयानमा उल्लेख गरिएको छ ।

जुलाई महिनाको आरम्भमा दक्षिण चीन सागरमा निमिट्ज र रेगनको एकसाथ उपस्थिति सन् २०१४ पछि पहिलोपटक भएको हो ।

जुलाई ४ अर्थात् अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा उक्त अभ्यास शुरू गरिएको हो । रेगनमा रहेका नेभी लेफ्टिनेन्ट कमान्डर सीन ब्रोफीले दुवै स्ट्राइक ग्रूपहरूले आआफ्नो कारवाही जारी राख्ने भनी जुलाई ८ मा बताएका थिए ।

भर्खरै प्रकाशित

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…

चिनियाँ कुटिल कुटनीति : यस कारण चीन चाहन्छ यसपालिको चुनाव…

वासिङ्टन । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा…