बाबुराम भट्टराईको आरोप : ‘केपी ओली अहमतावादी मुर्ख शासक हुन्’

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहमवादी र मुर्ख शासक भएको आरोप लगाएका छन्। राजधानीको हात्तिसारमा गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको कोरोना डिफेन्स अवार्ड तथा स्वास्थ सामग्री वितरण कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई राजनीतिक मुर्खको आरोप लगाएका हन।

उनले भने,‘भनिन्छ, समाजमा तीन प्रकारका मानिस हुन्छन्, सचेत मानिसले आफै कुरा बुझ्छ, मध्यम मानिसले अरुको सुझावलाई ग्रहरण गर्छ तर, अहम, मूर्ख मानिसले न आफै जान्दछ, न त कसैको कुरा सुन्छ। अहिले अहमवादी र मुर्ख साशकले देश चलाई रहेका छन्। सचेत मानिसले चलाएको देश त राम्रोसँग अगाडि बढ्न सक्दैन। यस्ता मुर्खहरुले चलाएको देश बन्छ उल्टै दुर्घटनामा पर्छ।’

डा. भट्टराईले कोरोनाबाट जोगिनका लागि विश्व स्वास्थ्य सङ्गठनले दिएका निर्देशनहरुको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। उनले भने, ‘हाम्रो देश कोरोनाको उच्च जोखिम मै छ। सबैले सामाजिक दूरी कायम गर्नुपर्छ। तर, बिडम्बना कोरोनाबाट बच्न अपनाइने नियम पालना गरौं भोकले मर्ने, नगरौं रोगले मर्ने अवस्था छ। हाम्रो देशको दुःखद पक्ष यहि हो। तर, हामीले कोरोनाबाट आतंकित हुने र लापरबाही गर्ने काम गर्नुहुँदैन।’

डा. भट्टराईले भने, ‘कोरोनाले हाम्रो देशलाई मात्रै होईन, विश्वलाई नै आर्थिक, सामाजिक र राजनीतिक रुपमा असर पारेको छ। हाम्रो देश भरखरै आर्थिक क्रान्तिको बाटोमा हिड्दै थियो। यहिबेलामा कोरोना जस्तो महामारी आयो। हाम्रो जीवन कालकै सबैभन्दा कठोर र विनासकालका रुपमा आएको कोरोनाबाट आतंकित नभएर सचेत भएर यसबाट बच्नुपर्छ। सबैलाई यहि आग्रह गर्दछु।’

त्यस्तै डा. भट्टराईले मृत प्रायः बनेको पर्यटन क्षेत्रलाई सरकारले ध्यानमा राखेर उपयुक्त कार्यक्रम ल्याउन सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो पर्यटन क्षेत्र मृत प्रायः बनेको अवस्थामा छ। यसलाई जीवन्त पार्न सरकारले उपयुक्त कदम चाल्नुपर्छ। आन्तरिकत तथा बाह्य उडानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकियो भने देशलाई केही राहत पुग्छ।’ सरकारले व्यवसायी क्षेत्र र मजदूहरुका बारेमा उपयुक्त कार्यक्रम तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले भने, सरकार कोरोनाको नाममा कमिसन र भ्रष्टाचार अनि लुटतन्त्रमा लागेको छ।’

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…