अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमा बेइजिङको दाबी अवैध रहेको भनी दिएको बयानले यु’द्धतर्फ नाटकीय पाइला चालेको भनी केही मानिसले बताएका थिए । तर यो गफ मात्र हो किनकि अमेरिकालाई अहिले सैन्य कारवाही चलाउन सकिँदैन भन्ने थाहा छ ।
नाइन–ड्याश लाइन नीतिअन्तर्गथ चीनले दक्षिण चीन सागरको ३५ लाख वर्ग किलोमिटर क्षेत्रमा दाबी गर्ने गरेको छ । अहिले विद्यमान जलक्षेत्र र टापुमाथि दाबी गर्नुका साथै उसले कृत्रिम टापु बनाएर त्यसलाई सैन्यीकरण गर्दै उक्त क्षेत्रमा आफ्नो दह्रो उपस्थितिका बारेमा संसारलाई जताएको छ ।
फिलिपिन्स, भियतनाम, ब्रुनाई, मलेसिया र ताइवानले चीनको दाबीमा विवाद गरेका छन् र अनेकौं मुद्दा दायर गरेका छन् । तीमध्ये केहीलाई संयुक्त राष्ट्रसंघको मध्यस्थता निकायले सही ठहर गरेका छन् ।
पोम्पेओको बयान आउनुअघि अमेरिकाको आधिकारिक नीति चीनको दाबीप्रति तटस्थ रहने हो । अहिले आएर चाहिँ अमेरिका चीनविरुद्ध नाटकीय रूपमा अघि आएको छ । पोम्पेओको बयान शून्यमा आएको हैन ।
केही दिनअघि अमेरिकी जलसेनाले फ्रीडम अफ नेभिगेसन अभ्यास गर्दै चीनलाई दक्षिण चीन सागरमा भूभाग विस्तार गर्नबाट रोक्न खोजेको छ । दुईवटा यु’द्धपोत तैनाथ गरेर अमेरिकाले सैन्यशक्ति प्रदर्शन गरेको छ ।
अनि अमेरिकाको सबभन्दा निकटतम साझेदार बेलायतले उक्त क्षेत्रमा नयाँ विमानवाहक युद्धपोत तैनाथ गर्ने योजना बनाइरहेको बताएको छ । जोधाहा बन्दै गएको चीनलाई रोक्न यसो गरेको उसको भनाइ छ ।
चीनले पनि हालैका महिनामा आफ्नौ सैन्य हतियारहरूको सार्वजनिक प्रदर्शन गरेको छ । विशेषगरी डीएफ–२१ र डीएफ–२६ लाई यु’द्धपोत विनाशक नाम दिइएको छ ।
दक्षिण चीन सागर चिनियाँ जनमुक्ति सेनाको अधीनमा रहेको र अमेरिकाको कुनै पनि विमानवाहक यु’द्धपोतको गतिविधिलाई नियन्त्रण गर्ने ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ ।
अमेरिकी जलसेनाका सूचना प्रमुख रीयर एडमिरल चार्ली ब्राउनले आफूहरू चिनियाँ धम्कीका बावजूद त्यहाँ रहिरहने भनी ट्वीट गरे ।
एडमिरल ब्राउनले गफ दिए पनि डीएफ–२१ र डीएफ–२६ जस्ता क्षे’प्यास्त्रले सामुद्रिक यु’द्धको दिशा नै परिवर्तन गरेका छन् र अमेरिकी यु’द्धपोतलाई असान्दर्भिक बनाइदिएका छन् ।
यो कुरा मरिन कोर्प्सका कमान्डान्टले जारी गरेको नयाँ निर्देशिकामा पनि प्रतिबिम्बित छ । उसले जल र स्थलमा आ’क्र’मण गर्न सक्ने आफ्नो क्षमतालाई पुनः संरचना गर्न निर्देशन दिएको हो ।
‘लामो दूरीका क्षे’प्यास्त्र, माइन र अन्य अत्याधुनिक ह’तियारहरूको वृद्धिका कारण उत्पन्न भएका वास्तविकतालाई हामीले स्वीकार गर्नुपर्छ र यस्ता जोखिमबाट पार पाउनका लागि नयाँ उपायहरू पत्ता लगाउनुपर्छ,’ जनरल डेभिड बर्गरले बताए ।
कमान्डान्टको निर्देशिकाको महत्त्व छ किनकि यो यथार्थमा आधारित छ, कुनै सिद्धान्तमा हैन । मरिन कोर्प्सले अहिले भिडन्तको व्यवस्थापन र क्षमतामा व्यापक परिवर्तन ल्याइरहेको छ । उसले भारी हातहतियार र सैन्य प्रहरीको पुरानो क्षमता त्यागेर लामो दूरीको आ’क्र’मण क्षमताको उपयोग गर्न खोजिरहेको छ ।
केही टिप्पणीकारहरूले पोम्पेअका शब्दबाट बेइजिङविरुद्ध सैन्य शक्ति उपयोगको कानूनी आधार स्थापना भएको भने पनि मरिन कोर्प्स र अमेरिकी जलसेना दुवैसँग आजका मितिसम्म चीनलाई दक्षिण चीन सागरमा सफलतापूर्वक परास्त गर्न सक्ने क्षमता छैन । यस्तो क्षमता उसले आर्जन गर्छ अझै वर्षौं लाग्छ ।
पोम्पेओको बयानको असंगति यहीँ देखिन्छ । शक्ति देखाउन सक्नुहुन्न भने बोल्नु मात्रको कुनै अर्थ रहन्न ।