नेपालमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या चार गुणा बढी

पछिल्लो एक हप्तायता नयाँ कोरोना संक्रमित थपिनेको संख्या भन्दा निको हुनेको संख्या चार गुणा बढी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ८ सय २२ जना नयाँ संक्रमित थपिँदा ३ हजार ३ सय ४७ जना निको भएका छन्। यसरी निको हुने संख्यामा उल्लेख्य सुधार आएको छ।

बिहीबार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा २ सय १३ जना निको भए। यस्तै बुधबार १ सय १६ जना संक्रमित थपिए। जसमा ६ सय ९८ निको भएर घर फर्किए।

मंगलबार पनि १ सय १६ जना संक्रमित थपिएका थिए भने ३४ जना डिस्चार्ज भएका थिए। उक्त दिन मात्र निको हुने भन्दा थपिने संक्रमित बढी देखिएको हो।

सोमबार भने १ सय ४४ संक्रमित थपिँदा एक हजार ७ सय ५ जना निको भए। यो अहिलेसम्म एकैदिन बढी निको भएकाको संख्या हो।

आइतबार पनि १ सय ४७ निको भएर घर फर्किंदा जम्मा ८२ जना संक्रमित थपिए।

यस्तै, शनिबार ७९ जना संक्रमित थपिए भने ४ सय ३१ जना निको भए। शुक्रबार भने झन्डै थपिने र निको हुने संख्या बराबर भयो। १ सय १८ जना संक्रमित थपिँदा १ सय २० जना निको भएर घर फर्किए।

यसरी हेर्दा पछिल्लो एक हप्तामा मंगलबार बाहेक सबै दिन थपिने भन्दा निको हुनेको संख्या बढी छ।

मन्त्रालयकै तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ३२ हजार ६ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमा बिहीबार ४९४१, बुधबार ५०९०, मंगलबार ४४२२, सोमबार ५८५६, आइतबार ३९१६, शनिबार ३६४८ र शुक्रबार ४८१० जनाको परीक्षण गरिएको हो।

आजको परीक्षण संख्या भने दिउँसो ४ बजेको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइनेछ।

मन्त्रालयले पछिल्लो समय क्वारेन्टिनमा बस्ने मानिसहरूको संख्या कम भएकाले परीक्षणको संख्या घटेको बताउँदै आएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक परीक्षण क्षमता १० हजार बढी रहेकाले आवश्यक परे परीक्षण बढाउन सकिने बताए।

अहिले देशभर रहेका २५ वटा प्रयोगशालाहरूबाट औसत साढे ४ हजार जनाको परीक्षण हुँदै आएको छ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…